आफैले जतन ले राखेको आफू हुनुको प्रमाणमा आगो लगाएर
एकाविहानै हिड्यौ होला तिमि
भुटानी परिचय, नेपाली मन बोकेर
अमेरिकन हुन
आफ्नै मन लाई आगो लगाएको
धुवाँको बिचबाट कस्तो देखिन्छ साथी अमेरिका
भनन कस्तो देखिन्छ अमेरिका
हृदयमा बल्कीन्छ की नाइ
देशको माया
पुर्वको हिउँचुली
आफैले चिप्लेटी खेल्ने गरेका आँगन
चाडबाडका रमाइला भाइब्स
साथी संगी सँगै बिताएका इन्द्रेणी सम्झनाहरु
आफैले जतन ले सम्हालेका प्रीयजनहरुको याद,
जब बल्कनेछ हृदयको कुनामा देशको माटो
जब लाग्नेछ आँखामा बाल्यकालको यादहरुको बाक्लो कुहीरो
सायद
रुनेछौ, चिच्याउनेछौ
अनि भन्नेछौ
मलाई
मेरो देशले बोलायो
मेरो अस्तित्वले बोलायो
त्यतिबेला भन्नेछ
तिमि बसेको देशले
यु आर अ अमेरिकन
सायद त्यतिबेला
आफ्नै अगाडी
नेपाली मन मर्नेछ
अमेरिकन बनेर ब्युझनेछ शरिर सायद
आफ्नो मनको मलामी
जादा कस्तो हुनेछ साथी
नेपाली मन हृदयमा बोेकेर
अमेरिकन परिचयको
बिचबाट अमेरिका कस्तो देखिन्छ ??
भन कस्तो देखिन्छ अमेरिका




