• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ७. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ८. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ९. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

५ दिने गमनशिलताको तालिम प्रदान गरियो


  •   बुधबार, बैशाख २७, २०८० मा प्रकाशित
  • काठमाडौं /एक ठाँउबाट अर्को ठाँउमा सहज रुपमा आउन जान सक्ने अर्थात आवत जावत गर्नुलाई नै गमनशिलता भनिन्छ । व्यक्ति एक ठाँउबाट अर्को ठाँउमा सहज रुपमा जान, हिड्डुल गर्न सक्ने भएमा उसका सबै दैनिक क्रियाकलापहरु सहज रुपमा सम्पन्न गर्न सकिन्छ । जब व्यक्तिलाई आवत जावतमा सहजता हुन्छ तब मात्र यसको जीवनयापनमा पनि सजिलो हुने गर्दछ । अन्य व्यक्तिहरुको तुलनामा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुको आवगमनमा केही अवरोधहरु हुन्छन् । जसको कारण उनीहरु एक्लै हिड्डुल गर्न चुनौती हुन्छ । हिड्दा लड्ने, ठोक्किने, खाल्डोमा पर्ने, चोटपटक लाग्ने गरेका धेरै उदाहरणहरु सुनिन्छन् । दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरु सहज रुपमा एक्लै सेतो छडी प्रयोग गरेर हिड्न सकुन भन्ने उदेश्यले दृष्टिविहीन अपाङ्गता भएका महिलाहरुको क्षेत्रमा काम गर्ने संस्था प्रयत्न नेपालले दृष्टिविहिन अपाङ्गता भएका महिलाहरुलाई ५ दिने गमनशिलताको तालिम प्रदान गरेको छ । यसै तालिममा सहभागी हुनु भएकी धादिङ्ग जिल्ला धुनीवेशी नगरपालिकाकी दृष्टिविहीन अपाङ्गता भएकी महिला सिता मगरले यो गमनशिलताको तालिम पहिलो पटक लिने अवसर पाएकोमा ज्यादै खुशी लागेको भन्दै आयोजकलाई धन्यवाद दिनु भयो । साथै उहाँले यस तालिममा हिड्न, बाटो पत्ता लगाउन, सेतो छडी समात्न, उकालो, ओरालोमा हिड्न सिकाउनु भएको र अब विगतका दिनहरुमा जस्तो एक्लै हिड्दा लड्ने, ठोक्किने, चोटपटक लाग्ने जस्ता दुर्घटनाहरुबाट सुरक्षित रहेने विश्वास व्यक्त गर्नु भयो । त्यसै गरी धादिङ्ग जिल्लाकै निलकण्ठ नगरपालिकाकी पूर्णदृष्टिविहीन अपाङ्गता भएकी महिला सिता गुरुङ्गले पहिलो पटक गमनशिलताको तालिममा सहभागी हुन पाउदा ज्यादै खुशी लागेको र यस तालिम पश्चात सेतो छडीको सहयोगमा एक्लै पनि हिड्डुल गर्न सक्ने आत्म विश्वाश बढेको बताउनु भयो । साथै उहाँले पहिला यो गमनशिलताको तालिम नपाउदा बाटोमा हिड्दा एकातिर जानु पर्नेमा अर्कै तिर गइएको, धेरै पटक सवारी साधनहरु, सडक पेटीका रुख, खम्बाहरुमा ठोक्किएर चोटपटक लाग्नो गरेको, खाल्डोहरुमा परेको तितो अनुभव सुनाउदै अबका दिनमा प्रयत्न नेपालले प्रदान गरेको गमनशिलताको तालिमले सजिलै हिड्डुल गर्न सकिने भन्दै यस तालिम प्रदान गर्ने आयोजक संस्थालाई धन्यवाद पनि दिनु भयो । त्यसै गरी नुवाकोटकी समि तामाङ्गले यो तालिमले आफुमा आत्मविश्वास बढेको र अबका दिनमा सहयोगी विना सेतो छडी लिएर हिड्न सकिने भन्दै यस तालिममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिनु भयो । यस गमनशिलता तालिमका प्रशिक्षक रविन्द्र खनालले गमनशिलताको तालिम सबै दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुका लागि जरुरी रहेको भन्दै यस तालिममा गनमशिलताको विषयमा भएका १० प्रकारका विधिहरु सिकाउदै प्रयोगात्मक अभ्यास गराइएको बताउनु भयो । त्यसै गरी उहाँले यस तालिममा दृष्टिविहीन व्यक्तिहरुलाई सेतो छडीको सहयोगमा एक्लै हिड्न र तालिम प्राप्त सहयोगीको सहयोगमा हिड्ने, सहयोगीलाई कसरी समात्ने, कुर्सीहरुमा कसरी बस्ने लगायतका विषयमा पनि प्रशिक्षण गरेको र उनीहरुलाई दृष्टिविहीन भएकोमा निराश हुन नहुने, अवसर पाएको खण्डमा केही गर्न सक्छु भन्ने आत्मबल बलियो बनाउनु पर्ने भनेर परामर्श पनि दिएको भन्दै राज्यले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुलाई प्रभावकारी गमनशिलताको तालिम सञ्चालन गर्न जरुरी रहेको बताउनु भयो । त्यसै गरी अछाम जिल्लाकी दृष्टिविहीन अपाङ्गता भएकी महिला जानकी परियारले यो गमनशिलताको तालिम लिए पछि सेतो छडीको प्रयोग गर्दै एक्लै पनि आवत जावत गर्न सकिने बताउनु भयो । यस तालिम सञ्चालनका क्रममा आयोजक संस्था प्रयत्न नेपालकी अध्यक्ष सरिता लामिछानेले गमनशिसलाको तालिमले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुमा आफुले पनि केही गर्न सकिन्छ भन्ने आत्मविश्वाश बढ्ने भन्दै उनीहरुको आवगमनलाई सजिलो बनाउने उदेश्यले यो तालिम प्रदान गरिएको बताउनु भयो । साथै उहाँले यस्तो महत्वपूर्ण तालिमलाई स्थानीय निकायहरु मार्फत प्रत्येक ग्रामिण क्षेत्रमा सञ्चालन गर्न जरुरी रहेको पनि बताउनु भयो । प्रयत्न नेपालले यही बैशाख २२ गते देखि २६ गते आज सम्म ५ दिन प्रदान गरेको गमनशिलता तालिममा जन्मजात तथा जन्मपश्चात दृष्टिविहीन अपाङ्गता भएका विभिन्न जिल्लाका ११ जना महिलाहरुको सहभागीता रहेको थियो ।

    Advertisement

    बुधबार, बैशाख २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.