भरतपुर/सातौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० को दोश्रो दिन नेपाल उद्योग परिसंघको तर्फबाट “मेक इन नेपाल स्वदेशी अभियान”का विषयमा एकदिने गोष्ठीको आयोजना गरिएको थियो ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न गोष्ठीमा चितवन उद्योग संघका उपाध्यक्ष एवम् औद्योगिक पाठशाला विभागका संयोजक युग राज वस्तीले स्वागत मन्तव्य सहित मेक इन नेपाल स्वदेशी अभियानका बारेका प्रकाश पार्नुभएको थियो ।
गोष्ठीमा नेपाल उद्योग परिसंघका उपनिर्देशक रोमिता लामिछानेले “मेक इन नेपाल स्वदेशी अभियान”का विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । लामिछानेले उद्यमीहरुले मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध हुनका लागि गरिने प्रक्रिया, अभियानमा आवद्ध भएपछिको लाभ लगायतका बारेमा जानकारी गराउनु भएको थियो । गोष्ठीमा अभियानमा लाग्न चाहने उद्योगीहरु र लागिसकेका ६५ जना भन्दा बढी उद्योगीहरुको सहभागिता रहेको थियो । गोष्ठीमा उद्योगीहरुबीच मेक इन नेपाल स्वदेशी अभियानका विषयमा वृहत छलफल समेत गरिएको थियो ।
Advertisement




