भरतपुर/आदर्श नारी विकास के्रन्द्रद्धारा प्रर्वद्धित आदर्श बचत तथा ऋण सहकारी संस्था आजबाट २५ औं बर्षमा प्रवेश गरेको छ । संस्थाको स्थापना दिवसको अवसरमा आज भरतपुरमा खुला रत्तदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा ३ महिला सहित ३२ जनाले रक्तदान गरे । स्थापना दिवसकै अवसरमा आज निशुल्क मधुमेहको परिक्षण पनि गरिएको छ ।
महिलाहरुलाई सहकारीमार्फत वचत गर्ने र आर्थिक ससक्तिकरणमा सहयोग गर्ने उद्धे्रश्यले २०५५ साल बैशाख ६ गते आदर्श साकोसको स्थापना गरिएको हो ।
आदर्श साकोसका स्वास्थ्य उपसमिती संयोजक सिर्जना आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनाल रहनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले स्थानीय निकायले गर्नुपर्ने काम सामाजिक संघसंस्थाले गरेको भन्दै संस्थाका कार्यहरुको उच्च प्रसंसा गर्नुभयो । उहाँले जोखिम अवस्थामा रहेका महिला बालबालिकाको न्याय र संरक्षण सगै लैगिंक हिंसा न्युनिकरणमा सहकार्य गर्न वडाकार्यालय प्रतिवद्ध रहेको बचन समेत दिनुभयो ।
कार्यक्रममा बोल्दै आदर्श नारी विकास केन्द्र, आदर्श गृहकी अध्यक्ष मीना खरेलले आदर्शले निरन्तर जोखिम अवस्थामा रहेका लैगिंक हिंसा, ससस्त्र द्धन्द्ध र बेचविखनमा परेका महिलाहरुको उद्धार, संरक्षण, विकास र सम्मानका लागि सचेतना र क्षमता अभिवृद्धिका कार्यक्रम संचालन मार्फत उनीहरुलाई आर्थिक शसक्तिकरणका लागि कार्य गर्दै आएको बताउनुभयो ।
यस्तै आदर्श साकोसका अध्यक्ष भानुभक्त कडेलले संस्थाले यो बर्ष रजत महोत्सव बर्षको रुपमा मनाउन लागिएको जानकारी गराउनुभयो । रजत बर्षको अवसरमा यसअघि प्लाष्टिक जन्य फोहोर व्यवस्थापन तालिम र जेष्ठ सेयर सदस्यहरुको तीर्थाटन कार्यक्रम सम्पन्न भइसकेको उहाँको भनाई थियो ।
कार्यक्रममा दुरसञ्चार टोलविकास संस्थाका अध्यक्ष प्रताप हमालले आदर्श अभियानका कामले टोललाई चिनाउन सकरात्मक सहयोग गरेको उल्लेख गर्नुभयो ।
Advertisement




