चितवन/नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँडले युवा बिद्यार्थीहरुलाई रचनात्मक काममा लाग्न आग्रह गर्नु भएको छ । नेबिसंघको ५४ औं स्थापना दिवसको अबसरमा आज यहाँ आयोजित एक कार्यक्रममा नेविसंघका पूर्ब अध्यक्ष समेत रहनु भएका खाँडले युवा बिद्यार्थीहरुले रचनात्मक काम गरे देशको बिकास आँफै हुने बताउनुभयो ।
विगतको तुलनामा युवा बिद्यार्थीहरुमा सृजनशिलतामा कमि भएको तर्फ बिद्यार्थीहरुको ध्यानाकर्षण गराउनु भयो । नेबिसंघको इतिहाँसलाई कायम राख्दै संगठन बिस्तार र पार्टीको काममा लाग्नु पर्ने उहाँको भनाई थियो । आदर्श गृह नेपाल भरतपुर महानगरपालिका वडा नम्बर ७ मा शैक्षिक सामाग्री वितरण तथा बिहानीको भोजन सेवा सम्र्पण कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय दिनेश कोईराला, डा. डिला संग्रौला, जिल्ला सभापति राजेश्वर खनाल, भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, नेविसंघ चितवनका जिल्ला अध्यक्ष राजेश भूषाल लगाएतले बोल्नुभएको थियो ।




