• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ९. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • १०. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

घण्टीलाई नमस्कार गर्नुस्, सूर्यमा भोट हाल्नुस् : उम्मेदवार न्यौपाने


  •   बुधबार, चैत २९, २०७९ मा प्रकाशित
  • चितवन/चितवन – २ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार राम न्यौपानेले घण्टीलाई नमस्कार गर्दै सूर्यमा भोट हाल्न आग्रह गरेका छन् । भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा आज भएको घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले आफूले सबैको सम्मान गर्ने भन्दै घण्टीलाई नमस्कार गरेर सूर्यमा भोट हाल्न आग्रह गरेका हुन् ।
    “हामी उम्मेदवार हो, सबैको सम्मान गर्नुपर्छ” न्यौपानेले भन्नुभयो, “सबैले घरमा घण्टी बजाउनुस् र नमस्कार गर्नुस् तर, वैशाख १० मा सूर्यमा मतदान गर्नुस् ।” रामनगरमा आयोजित घरदैलोपछि सम्बोधन गर्दै न्यौपानेले यसअघि निर्वाचिन सांसदले रामनगरमा एक महिनाभित्रै खानेपानी ल्याउने भनेर बाचा गरेको भए पनि रामनगरका जनता खानेपानीको समस्याबाट पीडित रहेको बताए । न्यौपानेले कृष्णभक्त पोखरेलको पालामा खानेपानी योजनाका लागि बजेट परेको भन्दै आफू निर्वाचित भएर गएपछि चाँडो खानेपानी समस्या समाधान गर्नेगरी काम गर्ने बताए ।
    आमा बुवालाई पाल्ने पार्टी एमाले भएको भन्दै न्यौपानेले एमालेले गर्ने कामको दूरगामी प्रभाव पर्ने बताए । “हामीले जे गर्छौँ यो समाजलाई राम्रो हुने काममात्रै गर्छौँ, हामीले नराम्रो कहिल्यै पनि गर्दैनौँ” न्यौपानेले भने, “म तपाईँहरुबीच प्रतिबद्धता व्यक्त गर्न चाहान्छु, म करम्पसनमा कहिल्यै फस्दिनँ, म कुनै लेनदेनमा फस्दिनँ, म कुनै विवादमा फस्दिनँ र जनताको असल प्रतिनिधि बनेर तपाईँहरुको सेवा गर्न चाहान्छु ।” न्यौपोनले जनप्रतिनिधिहरु भनेको सधैँ असल र नैतिकवान हुनुपर्ने भन्दै असल छु कि छैन भनेर आफ्नो आत्मालाई साक्षी राखेर भन्नुपर्ने बताए ।
    “म जनताको बीचबाट कसम खाएर भन्छु, हरेक परीक्षा दिन तयार छु, म हरेक सन्दर्भ र सवालमा असल छु” उनले भने, “म अगतिलो कहिल्यै हुनेछैन, म गतिलो मान्छे बनेर राम्रो मान्छे बनेर असल मान्छे भनेर सदैव न्यायको पक्षमा लड्नेछु ।” न्यौपानेले वडा नम्बर १ मा खानेपानीसहित बाटोघाटोको समस्या रहेको भन्दै समाधानका लागि भूमिका खेल्ने बताए । समाजमा विकृति फैलाउने व्यक्तिहरुलाई सिध्याएर छोड्ने न्यौपानेको भनाइ छ ।
    “समाजमा विकृति फैलाउने, अनैतिक काम गर्ने, भ्रष्टाचार गरेर समाजलाई सिध्याउने सबै रावणहरुलाई, राम हुँ सिध्याएरै छोड्छु” उनले भने, “मेरो नाम राम हो, राम त्यसै भएको होइन, म कर्मले राम बन्ने तपाईँहरुको बीचमा प्रतिज्ञा गर्छु ।” जनताको समस्याहरुमा एमाले निरन्तर लड्दै आइरहेको उनको भनाइ छ । पछिल्लो समय सरकारले वृद्धभत्ता कटौती गर्न खाजेको आफूले सुनेको भन्दै न्यौपानेले वृद्धहरुको सम्मानका लागि प्रदान गरिएको यो भत्ता कसैले काट्न खोजे ज्येष्ठ नागरिकको श्राप लाग्ने बताए ।
    वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेकपा एमाले चितवनले चुनावी घरदैलो कार्यक्रमलाई तीव्ररुपमा अघि बढाइरहेको छ । चुनावी घरदैलोका क्रममा आज भरतपुरको वडा नं १ र २ का विभिन्न स्थानमा कोणसभासमेत गरेको छ । घरदैलोका क्रममा उम्मेदवार न्यौपानेको साथमा एमालेका नेताहरु देवी ज्ञवाली, विजय सुवेदी, कृष्णभक्त पोखरेल, यमबहादुर परियार, पुरुषोत्तम न्यौपाने, नारायणप्रसाद अधिकारीलगायत स्थानीय नेता तथा कार्यकर्ताहरु नेताहरु सहभागी थिए ।

    Advertisement

    https://studio.youtube.com/video/SExaWEkpoZM/edit

    बुधबार, चैत २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.