नम्बर प्लेट गाडीको विशिष्ट पहिचान हो। कयाैंले वीआईपी नम्बरका लागि पनि कराेडाैं पैसा खर्च गर्ने गर्छन् । दुबईमा एउटा कारको नम्बर ५.५ कराेड दिर्हाममा लिलामी बिक्री भएको छ । एक व्यक्तिले ‘P7’ नम्बर प्लेटका लागि ५.५ कराेड दिरहाम खर्च गरेका हुन् । यो विश्वकाे सबैभन्दा महँगो नम्बर प्लेट भएकाले गिनिज बुक वल्र्ड रेकर्डमा पनि नाम दर्ता गराएको छ । तर, खरिदकर्ताको पहिचान भने खुलाइएको छैन ।
नम्बर प्लेटको प्रारम्भिक बोली १ कराेड पचास लाख दिर्हाम थियो, जुन केही सेकेण्डमै बढेर ३ कराेड दिर्हाममा पुगेको थियो । बिडिङ अन्ततः ३.५ मिलियनमा रोकियो, र त्यसपछि अर्को बोली पछ्याइयो, जसले नम्बर प्लेटको मूल्य ५.५ मिलियन दिरहाममा ल्यायो। दुई अक्षरको यो नम्बर प्लेटलाई नेपाली मुद्रामा रूपान्तरण गर्दा यसको मूल्य १९६ करोड भन्दामाथि पुग्छ, जसले गर्दा यो वर्ष विश्वकै सबैभन्दा महँगो नम्बर प्लेट भएको छ । यसअघिको कीर्तिमान बुगाटी कारका मालिकको नाममा थियो, जसले १३२ करोड भारुमा ‘F1’ नम्बर प्लेट किनेका थिए।
‘मोस्ट नोबल नम्बर्स’ भनिने यो परोपकारी लिलामी यहाँ हरेक वर्ष आयोजना गरिन्छ। यसमा विश्वभर भोकमरी हटाउन कोष जुटाइन्छ । यसका संस्थापक युएईका प्रधानमन्त्री तथा उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मकतौम हुन्।




