भरतपुर/चितवन तथा नवलपरासीको लागि यामाहा ब्राण्डको मोटरसाइकल तथा स्कुटरको लागि आधिकारिक बिक्रेता नविन अटो सेन्टरले चितवनस्थित वसन्तपुर युनाइटेड फुटवल क्लवका खेलाडीहरुलाई सहयोगार्थ स्वरुप ६ थान फुटवल प्रदान गरेको छ ।
कार्यक्रममा नविन अटो सेन्टरका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले वसन्तपुर युनाइटेड फुटवल क्लवका अध्यक्ष नविन बस्याललाई फुटवल हस्तान्तरण गर्नुभएको थियो ।
सामाजिक उत्तरदायित्वको क्षेत्रमा विभिन्न संघ–संस्थाहरुसँग हातेमालो गर्दै आईरहेको नविन अटो सेन्टरले यसपटक खेलप्रेमीहरुलाई हौसला प्रदान गर्ने हेतुले फुटवल प्रदान गरिएको नविन अटो सेन्टरका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले बताउनुभयो । उहाँले आगामि दिनहरुमा अन्य क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने समेत बताउनुभयो ।
Advertisement




