• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

प्रतिष्पर्धा विना कुनै पनि उद्योगले प्रगति गर्न सक्दैन


  •   बिहिबार, चैत २३, २०७९ मा प्रकाशित
  • वि.सं.२०४२ साल भाद्र २५ गते काठमाण्डौंमा बुबा रमेश कृष्ण श्रेष्ठ र माता राज्य लक्ष्मी श्रेष्ठको कोखबाट सामान्य मध्यमवर्गीय परिवारमा जन्मनुभएका रुपेश कृष्ण श्रेष्ठ सानै उमेरदेखि व्यवसायसँग नजिक हुनुहुन्थ्यो । शुरुवाती समयदेखि पारिवारिक पृष्ठभूमी किराना र खाद्यन्न व्यवसायमा भएकै कारण श्रेष्ठले आफ्नो प्राय समय पसल र गोदामहरुको काममा खर्चिदै सक्रिय रुपमा व्यापार व्यवसायमा लाग्दै आउनुभयो । पारिवारिक पृष्ठभूमी व्यापार व्यवसायमा भएकोले उहाँको घरपरिवारमा नाफा नोक्सान र कारोबारको चर्चा सँगै व्यवसायिक योजनाहरु उहाँमा उत्तिकै रुपमा आउन थाल्यो । आफूले थाहा पाएदेखि नै आफ्नो पढाईसँगै बचेको समय परिवारका सदस्यले सञ्चालन गरेको व्यवसायमा श्रेष्ठले निकै रुची, जोश, जाँगरका साथ खर्चिनु भयो । स्नातक तह पढ्दै गर्दा बैदेशिक शिक्षाको निम्ति संयुक्त राज्य अमेरिका जाने तारतम्य मिलाउन्दै गर्दा देश शान्ति प्रक्रियामा आएपछि अब नेपालमै अवसर छ भनि स्वदेश मै बस्ने निर्णय गरेको बताउने श्रेष्ठले शुरुवाती समयमा स–साना मसला, चिया प्याकिङ्ग जस्ता व्यवसायबाट आफ्नो व्यवसायिक यात्राको अनुभव सम्हाल्दै आउनु भएको थियो। मावली तिरपनि पारिवारिक पृष्ठभूमी व्यापार भै अब उद्योग तिर लाग्नु पर्छ भन्ने सोचका साथ मामाहरुले उहाँलाइ विभिन्न वस्तुको सम्भाव्यता अध्यन गर्न प्रेरित गर्न हुन्थ्यो। यसै क्रममा स्नातक तहको अन्त्य तिर काठमान्डौ बाट वाहिर चितवनमा बन्द रहेको सलाइ उद्योग चलाउने प्रस्ताव आएपछि मामाहरुको संयुक्त लगानीमा सो उद्योगको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। सानै उमेरदेखि उद्योग, व्यवसायमा प्रेरित हुँदै नयाँ–नयाँ भिजन र समयानुकुल आफूलाई अम्बल बनाउँदै युवा अवस्थामा नै आफ्नो उद्योग, व्यवसायको क्षेत्रमा सफल हुनुभएका श्रेष्ठसँग एक सफल उद्यमी बन्न भोग्नुपरेका यावत विषयहरुलाई मध्यनजर गर्दै गरिएको कुराकानीको सारसंक्षेप

    Advertisement

    प्रश्नः तपाईको उद्योग कस्तो प्रकृतिको उद्योग हो र सफल उद्यमी हुनका लागि के कस्ता कुराहरुमा ध्यान दिन जरुरी छ ?
    उत्तरः हाम्रो उद्योग उत्पादनमुलक उद्योग हो र यसबाट सलाई उत्पादन गर्ने गरेका छौं । २०४९/०५० सालमा नै स्थापना भै संचालनमा रहेको यस उद्योग माओवादी द्धन्द्धको कारण बन्द थियो । बन्द रहेको यस उद्योगलाई सम्पूर्ण सम्पत्ति र दायित्व वहन गर्नेगरी २०६४ सालमा हामीहरुले खरिद गरि २०६५ सालबाट नयाँ व्यवस्थापनका साथ सञ्चालन गरि व्यवसायिक उत्पादन शुरु गयौ । म आफूले आफैलाई चाहीं अहिले नै सफल उद्यमी भन्न त सक्दिन तर पनि एकदम नयाँ काम गर्नुभन्दा पुरानै भैरहेको र हुँदै गरेको कामलाई कसरी व्यवस्थित गरेर लैजाने, KAIZEN –Change for the Goods भन्ने मान्यताका साथ समय अनुसार आफू र संस्था लाई परिवर्तन गर्दै जनशक्ति व्यवस्थापन र आपूर्ति श्रृंखला का साथै ग्राहक वर्गको चाहाना र सन्तुष्टिलाइ ध्यान दिन सकियो भने पक्कै पनि सफल उद्यमी बन्न सकिन्छ जस्तो लाग्दछ मलाई।

    प्रश्न ः तपाईले सञ्चालन गर्नुभएको उद्योगको लगानीको अवस्था र उत्पादिन वस्तुको बजारको अवस्था कस्तो पाउनु भएको छ ?
    उत्तर ः हामीले शुरुवाती समयमा रुग्ण उद्योग खरिद गर्न र आवश्यक मेशिन र पूर्वाधारको विकास गर्न डेढ करोड रुपैयाँको लगानी गरेका थियौं। उद्योग सञ्चालनको निम्ति चाहिने चालु पुंजी २ करोड को आसपास रहिरहन्। पछिल्लो समयमा जनशक्तिको अभाव र महङ्गो हुने हुँदा हामीले विगत ४ वर्षको समयमा अटोमेशनको निम्ति ९० लाख रुपैयाँ थप लगानी गरेका छौं । हामीकहाँ उत्पादन हुने वस्तु खासगरी आगो बाल्ने कामको लागि बढी प्रयोग हुने भएकोले हाल विद्युत उपलब्धता,आधुनिक विद्युतीय उपकरणहरुको प्रयोगले सलाईको बजार पहिलाको भन्दा कम भएता पनि हाम्रो उत्पादनले बजारमा ८० प्रतिशत बजार ओगटेको छ । हामीले बहुराष्ट्रिय कम्पनी सूर्य नेपालसँग बजारीकरणको लागि जोडिएर काम गरिरहेको हुनाले बजारमा खासै समस्या छैन । हामीले २०६४ सालमा उद्योग शुरु गर्दा जम्मा ८ वटा सलाई उद्योग सञ्चालनमा थियो ।हाल त्यो संख्या घटेर ३ वटामा पुगेको छ । पछिल्लो आर्थिक तथ्याङ्कलाई हेर्दा शुरुमा सलाईको मूल्य १ रुपैयाँ हुँदा ३२ करोडको मार्केट थियो भने हाल सलाईको मुल्य २ र ५ रुपैयाँ हुँदा यसको मार्केट २६–२७ करोडमा पुगेको छ ।

    प्रश्न ः तपाईको उद्योगबाट उत्पादन भएका वस्तुले कुन वर्ग, क्षेत्रका ग्राहकहरुलाई लक्षित गरेको छ ? उद्योगबाट उत्पादन हुने वस्तुको थप परिमार्जन गर्ने सोच बनाउनु भएको छ कि छैन ?
    उत्तर ः हाम्रो उद्योगबाट उत्पादिन हुने वस्तु सलाई नै हो । हाम्रो उत्पादन चाहीं गाउँघरदेखि शहर बजारसम्मका चुलो चौकामा आगो बाल्नेदेखि, यज्ञ, महायज्ञ, मठमन्दिरहरुका धुपबत्ती बाल्नेसम्म प्रयोग हुने गर्दछ । हाम्रा ग्राहक वास्तवमा सबै क्षेत्रसँग जोडिनु भएको छ । अझ भन्दा विभिन्न प्रयोजनका लागि आगो प्रयोग गर्ने नै हाम्रो लक्षित ग्राहक हुनुहुन्छ ।
    हामीले तत्काल नै त हाम्रो भईराखेको सलाई उत्पादनलाई त्यस्तो परिमार्जन गरिहाल्ने सोचमा चै छैनौ । हाल सलाई प्रयोगकर्ताहरु कम हुँदै गर्दा लाइटरको बजारलाई विविधिकरण गर्नुपर्ने चौतर्फी माग भईरहेता पनि जनसंख्याको हिसाबले हामीले लाइटर उद्योग लगाउन सकिरहेका छैनौं । सरकारको राजश्व नीतिले पनि अप्ठ्यारो पारेको छ । हाम्रा कच्चा पदार्थमा १५ देखि ३० प्रतिशतसम्म भन्सार लाग्छ भने लाइटरमा १० प्रतिशत लाग्ने कारणले हामीले लाइटर उत्पादन गर्न सक्ने अवस्था देखिदैन ।

    प्रश्न ः नेपालमा उद्योगको प्रबद्र्धनका लागि स्थानीय सरकारको तर्फबाट कस्ता योजना ल्याईदिए हुन्छ जस्तो लाग्छ ?
    उत्तर ः स्थानीय सरकारबाट वातावरणीय प्रावधानहरुको सहजता गरिदिदाँ राम्रो । हामीले ठूलो मात्रामा केन्द्रीय सरकारलाई राजश्व तिर्ने गरेका छौं तर पनि स्थानीय सरकारबाट उद्योगबाट अलि बढी अपेक्षा राखिएको हुन्छ। स्थानीय सरकारहरुबाट स्थानीयलाई रोजगार दिए बापत उद्योगलाई सहुलियतका प्याकेजहरु ल्याएर सहयोग गरेको खण्डमा राम्रो हुन्थ्यो । स्थानीय सरकारहरुले उद्योगहरुका नीतिगत विषयमा केन्दीय सरकारमा सहजरुपमा सिफारिस दिने जस्ता सहयोग गर्ने गरेको खण्डमा राम्रो हुन्थ्यो ।

    प्रश्न दिगो रुपमा उद्योगीलाई उद्योग क्षेत्रमै टिकाई राख्न के कस्ता खालका योजनाहरु आवश्यक पर्दछन् ?
    उत्तर आपूर्ति श्रृखलाको सुनिश्चिता गर्दै ग्राहकहरुको आवश्यकतालाई पहिचान गरेर उहाँहरुलाई बढी भन्दा बढी सेवा, सुविधा दिन सक्नु पर्दछ । साथै, उद्योगमा रहेका कामदारहरुलाई उद्योगमैत्री बनाउदै समयानुकुल परिमार्जन गर्दै श्रमिकका मागहरुको उचित सम्बोधन गर्ने हो भने उद्योगलाई दिगो रुपमा सञ्चालन गर्न सकिन्छ । उद्योगलाई उचित व्यवस्थापकीय ढङ्गबाट सञ्चालन गर्न सकियो भने उद्योगीलाई यस क्षेत्रमा टिकाई राख्न खासै अप्ठ्यारो नपर्ला । उद्योग र पर्यावरणको त्तगबष्तिथ या ध्यचप ीषभ मा ध्यान पुर्याउने र हरेक चिज लिपिबद्ध गरि Standard Operating Procedure SOP अनुरुप काम गर्ने हो भने दिगो हुन्छ।

    प्रश्न एक सफल उद्योगीको रुपमा चिनाउनका लागि के कस्ता कुरामा ध्यान दिन जरुरी देखिन्छ ?
    उत्तर ः सफल उद्यमी भएर समाजमा आफूलाई परिचित गराउने हो भने पहिला उद्यमी अध्ययनशिल हुन जरुरी छ । उत्पादित वस्तुको बजारीकरणको साथै आपूर्ति शृंखला बारेमा ज्ञान लिन जरुरी छ । उद्योग सञ्चालनका क्रममा उद्योग सञ्चालनको बारेमा नीतिगत कुराहरुको ज्ञानसँगै उद्योगसँग सम्बन्धित विभिन्न निकायहरुसँग परस्पर सम्बन्धमा रहेर उद्योगको क्षमतासँगै उत्पादित वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन सकियो भने सफल उद्योगीको रुपमा चिनाउन सकिन्छ ।

    प्रश्न ः युवा अवस्थामा नै एक सफल उद्योगको कुशल व्यवस्थापकीय भूमिका निर्वाह गर्न सक्नुको मुख्य कारण के हो ? ः
    उत्तर ः हामीले गर्ने उद्योग कुन अवस्थामा सञ्चालनमा छ त्यो बारेमा रुचीका साथ जानकारी लिनु पर्दछ । हामी जस्ता युवापंक्तिबाट उद्योगको बारेमा पूर्ण ज्ञान प्राप्त गरी त्यसको व्यवस्थापन कार्यमा दत्तचित्त भई म यसलाई सफल बनाउन सक्छु भन्ने आत्मविश्वासका व्यवस्थापन पक्षलाई अगाडि बढाउँदै लैजाने हो भने पक्कै पनि युवा अवस्थामा नै कुशल व्यवस्थापकीय भूमिका निर्वाह गर्न सकिन्छ जस्तो लाग्छ मलाई । सबैभन्दा महत्तोपूर्ण कुरा भनेको आर्थिक तथा वित्तीय अनुशासन र जनशक्ति व्यवस्थापन हो। एक सफल उद्योगको कुशल व्यवस्थापकीय भूमिका निर्वाह गर्न प्रतिक्रियाशीलता (च्भकउयलकष्खभलभकक ) हुनुपर्छ।

    प्रश्न ः तपाईले सञ्चालन गरिरहनु भएको उद्योगले सामाजिक क्षेत्रमा कत्तिको महत्व राखेको छ वा तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
    उत्तर ः हामी एक सामाजिक प्राणी हौं । हामीसँग जोडिएका हरेक गतिविधिले समाजसँग सरोकार राख्दछ । उद्योगले रोजगार सिर्जना गरेको छ त्यसले गर्दा परिवार र वरिपरि को आय वृद्धि भै सामाजिक स्तर उठेको छ। हामीले उद्योग सञ्चालन गरिरहेको क्षेत्र वरपर हुने सामाजिक क्षेत्रका कार्यहरुमा समेत आफूहरुबाट हुने सक्ने सहयोग गर्दै सहकार्य गरिहेका छौं । समाजसँग जोडिएर हामी एकअर्काका परिपुरक जस्तो भएका छौं । जसले गर्दा पनि हामी सन्तुष्ट नै छौं ।

    प्रश्न ः तपाईको उद्योगको प्रतिष्पर्धा अन्य उद्योगसँग छ कि छैन । यदी छ भने प्रतिष्पर्धाको अवस्था कस्तो छ ?
    उत्तर ः अहिले टोल–टोलमा सञ्चालनमा रहेका स–साना व्यवसायको समेत प्रतिष्पर्धा हुने गर्दछ भने हामीले सञ्चालन गरेका उद्योगहरुको उत्ति प्रकृतिका उत्पादन गर्ने उद्योगहरुसँग प्रतिष्पर्धा त नहुने त कुरै भएन । प्रतिष्पर्धा विना कुनै पनि उद्योगले प्रगति गर्न सक्दैन । हाम्रो प्रतिस्पर्धा अन्य उद्योगसँग सहकार्यकै रुपमा हुने गर्दछ । आ–आफ्नो क्षेत्र, बजार भएकाले हामीलाई प्रतिष्पर्धाले कुनै अप्ठ्यारो पारेको छैन ।

    प्रश्न ः अन्त्यमा उद्योग, व्यवसायमा लाग्ने नयाँ पिढींहरुलाई तपाईंको राय के हुन सक्छ ?
    उत्तर ः धन्यवाद । चितवन उद्योग संघको त्रैमासिक रुपमा प्रकाशन हुने उद्यमी सन्देशमा म र मेरो उद्योगको बारेमा आफ्ना भनाईहरु राख्ने मौका दिनुभएकोमा सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्दछु । उद्योग, व्यवसायमा लाग्ने नयाँ पिढींका युवाहरुलाई आफूले शुरु गर्न लागेको उद्योग, व्यवसायको बारेमा अध्ययन गरी उद्योगबाट उत्पादन हुने वस्तुको मागको अवस्था लगायतको विषयमा पूर्ण ज्ञान लिएर काम गर्न सकेको खण्डमा उद्योग, व्यवसायमा सफल बन्न सकिन्छ । साथै व्यापार र व्यवसाय मा नैतिक आचरण राखी तत्कालको फाइदालाइ मात्र नहेरी पछि सम्मको व्यबहारको सोच्नु पर्छ। आफुलाई जसरी समस्या पर्छ अरुलाई पनि पर्छ तेसैले व्यबहार र आचरणमा अरुलाई आफूबाट समस्या नहोस भन्ने हेक्का राख्नु पर्छ। मैले मेरो आमा बाट नापतौल र अंकमा कहिले हेरफेर गरि कमाइ गर्न हुन्न यो व्यापारको धर्म हो भन्ने कुरा सिकेको छु।
    धन्यवाद ।

    बिहिबार, चैत २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.