कावासोती/नवलपुरको भृकुटीचोकस्थित पुरानो कागज फ्याक्ट्रीमा आगलागी भएको छ। उक्त आगलागीबाट लाखौंको क्षति भएको छ । गैंडाकोट नगरपालिका – २ भृकुटीचोकस्थित पुरानो कागज फ्याक्ट्रीमा बुधबार आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
Advertisement




