• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

१ अर्ब ७० करोड रुपैयाँको लागतमा भरतपुर विमानस्थलमा आधुनिक टर्मिनल भवन निर्माण हुने


  •   मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
  • भरतपुर/चितवनको भरतपुर विमानस्थलमा सुविधा सम्पन्न आधुनिक टर्मिनल भवन निमार्ण हुने भएको छ। २२ वर्ष अगाडि बनेको टर्मिनल भवन पुरानो भइसकेको छ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले टर्मिलन भवन पुरानो भइसकेको र यात्रुको चापु थेग्न नसक्ने भएपछि नयाँ टर्मिलन भवन निर्माण गर्न लागेको हो।

    Advertisement

    टर्मिनल भवन निर्माणका लागि प्राधिकरणले सोमबार मात्रै निर्माण कम्पनीसँग सम्झौता गरेको हो। प्राधिकरणले  करबाहेक १ अर्ब ७० करोड रुपैयाँमा भवन निर्माणका लागि सम्झौता गरेको हो। निर्माण कम्पनीले ३ वर्षभित्र भवन निर्माण गरिसक्नु पर्ने गरी सम्झौता गरेको हो।

    निर्माणको जिम्मा केसी क्षमा देवी प्रतिष्ठा जेवीले पाएको छ। विमानस्थलमा सिवानी एयरको ह्याङगर रहेको ठाउँमा टर्मिनल भवन निर्माण हुने छ। ४ हजार ८ सय स्क्वायर मिटर क्षेत्रफलमा २ तले भवन निर्माण हुने छ। टर्मिनल भवनको कुल स्पेस भने ८ हजार स्क्वायर वर्ग मिटरभन्दा बढी हुने छ। भवनको शिलान्यास केही दिनभित्रै गर्ने तयारीसमेत भएको छ।

    टर्मिनल भवन निर्माणमा आक्रामक प्राधिकरण

    प्राधिकरणले देशभरका आन्तरिक विमानस्थलमा रहेको पुराना टर्मिनल भवनको सट्टामा नयाँ सुविधासम्पन्न भवन बनाउने योजनाअनुसार धमाधम टर्मिनल भवन निर्माणको काम अगाडि बढाएको छ। प्राधिकरणले विराटनगर, नेपालगञ्ज, महेन्द्रनगर, रामेछाप विमानस्थलमा पनि भवन बनाउने उद्घोष गरिसकेको छ।

    प्राधिकरणले अहिले नेपालगञ्ज विमानस्थलमा टर्मिनल भवन निर्माणको काम गरिरहेको छ। प्राधिकरणअन्तर्गतको नेपालगञ्ज विमानस्थलमा तीन अर्ब रूपैयाँको लागतमा नयाँ भवन निर्माणको काम सुरु भएको छ। नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख सुरेश खनालका अनुसार अहिले निर्माण कम्पनीले टर्मिनल भवन निर्माणको फाउन्डेसनको काम थालेको छ।

    टर्मिनल भवन निर्माणको जिम्मा शर्मा एण्ड कम्पनीले पाएको छ। कम्पनीले अहिले टर्मिनल भवन निर्माणका काम थालनी गरिसकेको छ। विमानस्थल कार्यालयका अनुसार निर्माण कम्पनीले एउटा भवनको फाउन्डेसन निर्माणको काम ८० प्रतिशत गरिसकेको र २ वटाको भने फाउन्डेसनको काम सम्पन्न गरिसकेको छ।

    फाउन्डेसन निर्माणको काम सकिएको भवनमध्ये एउटामा डण्डी कस्ने काम भइरहेको छ। निर्माण कम्पनीले तीन वर्षमा भवन निर्माणको काम सम्पन्न गरिसक्नु पर्ने छ। नयाँ बन्ने भवनको क्षमतामा पिक आवरमा प्रतिघण्टा १६ सय यात्रु क्षमताको हुने छ। भवनमा बालबालिकाका लागि खेल्ने ठाउँसमेत निर्माण हुनेछ। भवन कुल १३ हजार १ सय ४४ वर्गमिटरमा निर्माण हुनेछ।

    साथै पार्किङ, पहुँच मार्ग र ल्यान्ड स्केपिङ आदिको संरचना निर्माण हुने छ। आयोजनाको कुल लागत करसहित ३ अर्ब १ करोड रहेको छ। भवनमा व्यवसायिक प्रयोजनका लागि धेरै स्पेस गरिएको छ। भवन मूलतः आन्तरिक हवाई यात्रुका लागि डिजाइन गरिए तापनि क्रस बोर्डर उडान अवतरणको सम्भावनालाई समेत मध्यनजर गरेर आन्तरिक तथा अन्तराष्ट्रिय हवाइ यात्रुलाई समेत सोही भवनबाट सुविधा दिन सकिने गरी व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

    यसैगरी प्राधिकरणले साढे २ अर्बको  लागतमा विराटनगरमा पनि नयाँ टर्मिनल भवन निर्माणको काम थालेको छ। विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगर विमानस्थल उड्डयन कार्यालयले कम्पनीसमेत छनोट गरिसकेको छ।

    टर्मिनल भवनको लागत करबाहेक २ अर्ब ४२ करोड ८ लाख ५६ हजार रुपैयाँ रहेको छ। निर्माणको जिम्मा केसी/डाँफे जेभीले पाएको छ। टर्मिलन भवन १८ सय यात्रु क्षमताको हुनेछ। १६ हजार २ सय ७७ वर्गमिटरमा टर्मिनल भवन बन्ने छ। भवनको शिलन्यास संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुधन किरातीले गरेका थिए।

    biratnagar.jpg

    टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, ४ वटा रेष्टुरेन्ट, पत्रकार सम्मेलन कक्ष, ३ वटा भीआईपी कक्ष, बालबालिका खेल्ने, प्राथना कक्ष, स्तनपान कक्ष, ४ वटा प्राइभेट कक्ष, हल लगायतको सुविधा सम्पन्न संरचना बन्ने छ। यो विमानस्थलमा बन्ने टर्मिनल भवन आन्तरिक विमानस्थलहरुमा रहेको भन्दै सबैभन्दा ठूलो भवन बन्ने छ। स्रोत ःबिजनेस न्युज

    मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.