• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

नयाँ काम गर्न चाहने युवाका लागि प्रदर्शनी फलदायी छ : महामन्त्री थापा


  •   शनिबार, चैत ११, २०७९ मा प्रकाशित
  • काठमाडौं /नेपाली काँग्रेसका महामन्त्री गगन थापाले, थोरै लगानीमा नयाँ काम गर्न चाहने युवाका लागि भाइभ पी प्रदर्शनी फलदायी हुने विश्वास व्यक्त गरेका छन् । शुक्रवार काठमाडौँको भृकुटीमण्डपमा सो प्रदर्शनीको उद्घाटन गर्दै थापाले, थोरै लगानीमा नयाँ काम गर्न चाहनेहरूका लागि प्रदर्शनीले नयाँ बाटो देखाउन सक्ने बताए । नेपालमा नयाँ प्रविधि भित्र्याउन र नविनतम् उद्योग स्थापनाका गर्न चाहनेका लागि यो राम्रो अवसर हुनसक्ने उनको भनाई छ । ‘खास गरेर यो क्षेत्रको (५ पी रिलेटेड ) काम गर्नेहरूलाई नयाँ प्रविधि के कस्तो आयो भन्ने कुरा थाहा पाउन सजिलो भयो र अर्को सानो स्केलमा नयाँ काम गर्छु भन्ने युवाहरूका लागि यहाँ आएर थोरै लगानीमा पनि काम गर्न सकिन्छ भन्ने शिक्षा यस प्रदर्शनीले दिन्छ भन्ने मलाई लाग्छ,’ थापाले भने।

    Advertisement

    चैत १२ गतेसम्म चल्ने प्रदर्शनी स्थलमा भेटिएका अवलोकनकर्ताहरूले नयाँ व्यवसाय गर्न चाहने र नयाँ ज्ञान लिन चाहनेका लागि प्रदर्शनी फलदायी हुने बताएका छन् । प्रदर्शनी स्थलमा भेटिएका मोरङका राजेन्द्र न्यौपानेले आफू जस्तो नयाँ व्यापार सुरु गर्ने प्लान गरिरहेका युवालाई यो प्रदर्शनीले उत्साह र ज्ञान दुवै दिने प्रतिक्रिया दिए । उनले भने ‘ हामीहरू जस्ता नयाँ व्यवसाय गर्ने सोच बनाएकाहरूलाई प्रदर्शनीले धेरै ज्ञान दिने रहेछ र नयाँ प्रविधिसँग अपडेट हुने मौका पनि मिलेको छ ।’
    त्यस्तै प्रदर्शनीमै भेटिएकी काठमाडौँकी सानले नयाँ प्रविधिबारे जान्न र बुझ्न चाहनेका लागि प्रदर्शनी फाइदाजनक रहेको बताइन् । उनले भनिन् ‘ विशेष गरी नयाँ प्रविधिबारे जान्ने चाहने युवाहरूका लागि यो इभेन्ट निकै फलदायी छ, धेरै नयाँ नयाँ प्रविधि हेर्ने र जान्ने मौका मिलेको छ ।’

    कैलाली टीकापुरबाट आएर प्लास्टिकको डोरी लगायतका सामाग्रीको स्टल राखेर बसेका टीकापुर प्लास्टिक उद्योगका सञ्चालक मुकेश बहादुर बमले, प्रदर्शनीले व्यापार व्यवसाय गर्नेहरूका लागि राम्रो प्लेटफर्म प्रदान गरेको बताए । यस्ता प्रदर्शनीले उनी जस्ता व्यापारीलाई ब्रान्डको मार्केटिङ गर्न सहयोग पुग्ने उनको भनाई छ । ‘नेपालमा नाइलनको डोरी उत्पादन हुन्छ, त्यो पनि राम्रो क्वालिटीको भनेर धेरैलाई थाहा नै छैन । यस्ता प्रदर्शनीले हामीलाई आफ्नो मार्केटिङ गर्नका लागि सहयोग मात्र पुग्दैन, ग्राहकलाई प्रत्यक्ष भेटेर बुझाउन पनि सकिन्छ ।’ उनले भने ।

    त्यस्तै भारतको नयाँ दिल्ली बाट आएर प्रिन्टिङ मसिनको स्टल राखेका यश ब्लोअर्स प्रा.लि.का आलोक त्रिवेदीले पनि प्रदर्शनीले मार्केटिङका साथै नेपाली मार्केटको अवस्था बुझ्न निकै सहयोग पुग्ने बताए । उनले एक्स्पो अवलोकनका लागि आएकाहरूले निकै रुचि देखाएको प्रतिक्रिया दिए । देश तथा विदेशमा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ व्यवसायसंग सम्बन्धित सबैलाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी तथा नवीनतम प्रविधि प्रदर्शनमा सघाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आयोजकको दाबी छ । प्रदर्शनीले उद्योगी तथा व्यवासायीबीच मात्रै नभई देश विदेशका नविनतम प्रविधिबारे जान्न चाहने र नयाँ उद्योग स्थापना गर्न चाहानेलाई पनि ठुलो फाइदा पुग्ने आयोजकको विश्वास छ ।

    प्रर्दशनीमा १५ भन्दा बढी नेपाली स्टलहरु राखिएका छन् । जसमा प्लास्टिक जन्य उत्पादनमा आधारित सामाग्री धेरै छन् । प्रर्दशनीमा, नेपालमै उत्पादन भएका नाइलनका डोरी, डिस्पोजेवल कप, गिलास, प्लेट, प्लास्टिकका बोत्तल, फुड प्याकेजिङका लागि आवश्यक पर्ने कभर, औषधीका लागि चाहिने कभर, जस्तापाता लगायतका विविध सामग्रीहरुको अवलोकन तथा आवश्यक जानकारी लिन पाइने छ ।
    विशेषगरि प्लास्टिक प्रोसेसिङ मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, ईन्डक्सन मोल्डिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका व्यवसायीले सहभागिता जनाएको यस प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १५० भन्दा बढी स्टलहरु राखिएका छन् ।

    आजबाट सुरु भएको नेपालको तेस्रो अन्तराष्ट्रिय फाइभ पी प्रदर्शनी १२ गतेसम्म चल्नेछ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा भएको प्रदर्शनीको आज शुक्रवार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गरेका हुन् ।

    शनिबार, चैत ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.