काठमाडौँ/पर्सामा एकैपटक ३९ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण हुँदा ४ जना पत्रकार परेका छन् । नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले जिल्लामा आज थपिएका ३९ संक्रमितमध्ये ४ जना सञ्चारकर्मी रहेको बताए ।‘उहाँहरु जिल्लाका अगुवा सञ्चारकर्मी पनि हुनुहुन्छ । रिपोर्टिङका क्रममा कतै एक्सपोजर भइयो कि भनेर स्वाब दिनु भएको रहेछ । रिपोर्ट पोजेटिभ आएको जानकारी पाएको छु,’ डा मदनकुमार उपाध्यायले भने । उनले फिल्डमा खटिने सञ्चारकर्मीमा समेत अति जोखिम रहेको भन्दै जोखिएर रिपोर्टिङ गर्न आग्रह गरे । यस्तै कपिलवस्तु र रुपन्देहीमा क्रमश ८ र ९ जनामा संक्रमण देखिएको छ । यो संगै देशभर कुल संक्रमितको संख्या १९१ जना पुगेको छ ।
Advertisement




