• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको दुई दिने महाधिवेशन चितवनमा शुरु


  •   शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित
  • चितवन/नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनयमएसआरए) नेपालको २८ औं राष्ट्रिय महाधिवेशन आज शुक्रबारदेखि क्षेत्रपुरको दियालो फुडल्याण्डमा शुरु भएको छ । महाअधिवेशनको बागमती प्रदेशका कृषि तथा पशुपछी विकास मन्त्री केशवप्रसाद पोखरेलले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले औषधि तथा बिक्री प्रतिनिधि (एमआर) हरुको राज्यमा योगदान रहेको बताउँदै राज्य साथी बन्नुपर्ने बताउनुभयो । उहाँले श्रमका हिसाबले मात्रै नभएर सेवाका हिसाबले पनि एमआरहरुले काम गरिररहेको बताउनुभयो । उहाँले भन्नुभयो “एमआरहरुले नेपालमै केही गरौं भन्ने भावनाले श्रमसँगै सेवा गरिरहनु भएको छ ।”
    राज्यले कुनै पनि कानुन निर्माण गर्दा सरोकारवालाहरुसँग छलफल गरेर ल्याउनु पर्ने भन्दै श्रमऐन श्रमिकमैत्री हुनुपर्नेमा उहाँको जोड थियो । देश विस्तारै आर्थिक संकटमा जाँदै गरेको बताउँदै उहाँले आआफ्नो ठाउँबाट सबैले इमान्दारितापूर्वक काम गर्नुपर्ने बताउनुभयो ।  निजामती कर्मचारीको साझा ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भोलानाथ पोखरेलले नेपालको राज्य सुन्ने तर कुरा नबुझ्ने रहेको बताउनुभयो । उहाँले राज्यले तोकेको न्यूनतम ज्याला पनि औषधि उद्योगले कामदारहरुलाई नदिएको चर्चा गर्दै भन्नुभयो “कामदारलाई आठ घण्टाभन्दा बढी काममा लगाउन पाईदैन । एमआरहरु बिहान ७ बजेदेखि राती ९ बजेसम्म काम खट्नु भएको छ ।”
    ट्रेडयुनियन शिक्षाको अभाव भएको भन्दै उहाँले नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघले ट्रेड युनियन शिक्षा दिनुपर्ने बताउनुभयो । नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिलबिक्रम कार्कीले औषधि उत्पादनदेखि वितरक, एमआर, चिकित्सक सबैले एक अर्काको सहअस्तित्व स्वीकार्नुपर्ने बताउनुभयो । एमआरहरु सुरक्षित हुँदा चिकित्सकहरु पनि सुरक्षित रहने बताउँदै उहाँले भन्नुभयो “हिजोका एमआरहरु आज उत्पादन भएका छन् । उनीहरुले समस्या बुझ्नु पर्छ ।”

    Advertisement


    लोकतन्त्रमा औषधि, चिकित्सक र अस्पताल रोज्न नपाउने अवस्था राज्यले सिर्जना गरेको भन्दै उहाँले भन्नुभयो “मतदानद्वारा जनप्रतिनिधि छान्न पाउने, अन्य सबै कुरा छान्ने अधिकार रहने स्वास्थ्यमा किन विभेद ?”
    सरकारी अस्पतालहरुमा तोकिएकोभन्दा कम मूल्यमा औषधि बिक्री हुँदै आएको भन्दै डा.कार्कीले प्रश्न गर्नुभयो “बढी मूल्यमा बिक्री गर्नेलाई कारवाही गर्ने सरकारले कम मूल्यमा बिक्री गर्दा किन कारवाही गर्दैन ?” निजी स्वास्थ्य संस्थालाई गाली गरेर सरकारी स्वास्थ्य संस्था राम्रो नहुने भन्दै अध्यक्ष डा.कार्कीले भन्नुभयो “राज्यको यस्तै नीति रह्यो भने भोलि मैले खाने औषधि  र चिकित्सक खोज्न भारत र चीन जानुपर्ने अवस्था आउन सक्छ ।”
    कार्यक्रममा एनसिडिए चितवनका अध्यक्ष विनोद तिमिल्सिना, नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा. लोकबहादुर सेढाई, पिईएएनका नेत्रराज पौडेलल, एनएआईएनका अध्यक्ष अन्जन बुढासैनि, शिव बास्कोटलगायतले शुभकामना दिनुभएको थियो ।


    संघका अध्यक्ष अनिल दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष ध्रुवराज कोईरालाले गर्नुभएको थियो । सो अवसरमा संघमा रहेर विभिन्न योगदान पु¥याउने महानुभावहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिलबिक्रम कार्की, पूर्व अध्यक्ष किरण केसी र ध्रुव कोईराला, गुड्डुकुमार झा, प्रभात शर्मा, भूपेन्द्रजंग शाहीलगायत हुनुहुन्थ्यो । कार्यक्रमको बीचबीचमा सांस्कृतिका कार्यक्रम, गीत, गजल, कविता वाचन गरिएको थियो ।
    भोलिसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरका १४ ईकाईबाट ५०० प्रतिनिधि  सहभागी हुनु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । अध्यक्ष एक, बरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, सचिव ३, कोषाध्यक्ष एक, सहकोषाध्यक्ष एक र १४ ईकाईबाट एक एक जना सदस्य रहने व्यवस्था रहेको छ । दुई जना सदस्य भने समितिले मनोनयन गर्ने छ । समितिको कार्यकाल तीन वर्षको रहेको छ ।
    महाधिवेशन तयारी समितिका संयोजक एवं नारायणगढ इकाई अध्यक्ष धर्मदत्त दवाडीका अनुसार महाधिवेशनको बन्द सत्रमा प्रगति र आर्थिक प्रतिवेदन पारित गरिनुका साथै भावी कार्यक्रमबारे छलफल गरिने छ ।

    शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.