मेघौली/जानकी माबि मेघौलीका पुर्व विद्यार्थी २०४८ को व्याचको प्रथम अधिवेशन तथा गुरु सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार आज भएको भेलाले भिम प्रसाद अधिकारीको संयोजकत्वमा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ । नवगठित समितिका उपाध्यक्षमा शारदा उपाध्याय सचिवमा बिन्दु पौडेल कोषध्यक्षमा चोकलाल सुवेदी र सहसचिवमा राजु भुसाल (मोति) तथा अन्य सदस्यहरु रहनु भएको छ । त्यसैगरी अधिबेशनले ५ सदस्यीय सल्लाहकार समिती समेत चयन गरेको अधिबेशनका सास्कृतिक संयोजक ज्योतीनारायण ढकालले बताउनु भयो । कार्यक्रममा २६ जना पुर्व शिक्षकहरुलाइ समेत सम्मान गरिएको छ । कार्यक्रमको सभापति भरतपुर २५ का वडा सदस्य युवराज चौधरी ( होम ) र प्रमुख अतिथि जानकी माबिका संस्थापक प्रधानध्यापक चन्द्रदत्त उपाध्याय सुवेदी रहनु भएको थियो । कार्यक्रममा बिबिध सास्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो ।
जानकी मावि मेघौलीका पुर्व विद्यार्थीहरुको प्रथम अधिवेशन तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
जानकी मावि मेघौलीका पुर्व विद्यार्थीहरुको प्रथम अधिवेशन तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया




