• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा पृथक एवं सार्थक कार्यक्रम


  •   बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित
  • भरतपुर/१० बर्ष लामो ससस्त्र द्धन्द्धको क्रममा योगदान गर्ने द्धन्द्धप्रभावित महिलाहरु आज सम्मानित भएका छन्  । द्धन्द्धकै कारण विविध हिंसा संगै शारिरिक र मानसिक यातना भोग्न बाध्य पारिएका महिलाहरुलाई आज सम्मान गरिएको हो ।  ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको  अवसर पारेर आदर्श नारी विकास केन्द्र र आदर्श गृह नेपालले द्धन्द्धकालमा प्रभावित बनाइएका महिलाका भोगाई, संघर्ष र योगदानको उच्च मुल्याकंन गर्दै सम्मान गरेको हो । सम्मानित हुनेमा द्धन्द्धप्रभावित महिला जिल्ला सञ्जाल चितवनका अध्यक्ष पार्वती खड्का, उपाध्यक्ष लालकुमारी सिलवाल, सचिव सपना राना, सहसचिव यमकला चुवाई, कोषाध्यक्ष लक्ष्मी नेपाली, सदस्यहरु दण्डमाया रोका कडेल, लक्ष्मी अधिकारी, गायत्री महतो, रिता क्षेत्री, लक्ष्मी घले, मीना घिसिङ,रुकमाया अधिकारी र जमुना सेढाई रहेका छन् ।
    नेपालमा २०५२ देखि २०६३ सालसम्म राज्य पक्ष र तत्कालिन विद्रोही समुह नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बीच भएको ससस्त्र द्धन्द्धको समयमा मानवअधिकार उल्लङनबाट पिडित तथा प्रभावित महिलाहरुको सत्य, न्याय, परिपुरण र आत्मसम्मानका लागि द्धन्द्धप्रभावित महिला जिल्ला सञ्जाल चितवन मार्फत सत्य अभिलेखिकरण संगै प्रभावित महिलालाई सञ्जालीकरण गरि संक्रमणकालिन न्यायिक प्रकृयामा आवाज उठान गर्न उहाँहरुको योगदान अतुलनिय रहेको संस्थाका अध्यक्ष मीना खरेलले बताउनुभयो ।
    द्धन्द्धकालमा महिलामाथि भएका हिंसाका घटना र आफ्नो भोगाईलाई बाहिर ल्याउन संघर्षरत द्धन्द्धप्रभावित महिलाहरु आज सम्मानित बन्न पाउंदा खुसीले गदगद् देखिन्थे । सम्मानपछि बोल्दै सञ्जालकी अध्यक्ष पार्वती खड्काले भन्नुभयो,“द्धन्द्धकै कारण विभिन्न हिंसामा परियो, परिवारका सदस्य गुमायौ, शारिरिक र मानसिक यातना भोग्न बाध्य भयौ, आफुमाथि विभिन्न लान्छना लाग्दा पनि सहेर बस्यौ, विना गल्ती समाजबाट अपहेलित बन्नुपरेको तितो यथार्थलाई मनभित्रै दवाएर मौन बसियो तर अब कति दिन मौन बस्ने? आफ्नो अधिकारका लागि प्रभावित महिलालाई सञ्जालिकरण गरि अधिकार स्थापित गर्न जागेका छौ,यहाँहरुको साथ हामीलाई चाहिएको छ ।”
    दिवसकै अवसरमा विगतमा घरेलु हिंसामा परि कानुनी न्याय पश्चात हिंसा प्रभावित महिला तथा बालबालिकाको न्यायका लागि आवाज उठाउंदै पिडित तथा प्रभावितको कानुनी न्याय र अधिकार साथै सामाजिक न्यायको आन्दोलनमा अग्रस्थानमा रहेर महिलाविरुद्ध हुने सबै खाले विभेद र हिंसाको अन्त्य संगै आमनागरिकलाई जागरुक गराउन साथै समाजमा उदारणीय काम गर्न सफल भीमकुमारी जिसि लक्ष्मी गुरुङ र शुसिला नेपाललाई पनि सम्मान गरिएको छ ।
    यसैगरि विगतमा घरेलु हिंसामा परि सामाजिक न्याय पश्चात घरेलु हिंसाप्रभावित महिला तथा बालबालिकाको अधिकार र सामाजिक न्यायको आन्दोलनमा समुदाय स्तरमा रहि परिवार व्यवस्थापन र सञ्चालनमा संघर्षरत अनिता कुमाल पनि आजै सम्मानित हुनुभएको छ ।

    Advertisement


    यसैगरि नेपाल सरकारको दशौ तह सचिव पदमा पदोन्नती हुनुभएकी भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल, जिल्ला रेडक्रस सोसाइटी चितवनको जिल्ला सदस्यमा निर्वाचित शारदा शर्मा पौडेल, चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थाको सहसचिवमा निर्वाचित रितु गिरि, पुल्चोक साकोसको अध्यक्षमा निर्वाचित मेनका चापागाईलाई पनि सफल एवं सार्थक कार्यकालको कामना सहित सम्मान गरिएको छ ।
    दिवसिय कार्यक्रममा विशेषगरि उच्च ओहदामा पुगेकालाई मात्र प्रमुख प्राथमिकता दिइएको देखिन्थ्यो तर आज आदर्श नारीले पृथक र भिन्न रुपमा दिवस मनायो ।  समुदायस्तरमा योगदान गर्ने,भुईमान्छेका कुरा सुन्ने र सामाजिक आन्दोनमा अनवरत लागिरहने महिलाहरुलाई सम्मान गरेर संस्थाले उदाहरण प्रस्तुत  गरेको भरतपुर महानगर स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले बताउनुभयो । अहिलेसम्म कसैले नचिनेको अनुहारहरुलाई एकै ठाउंमा ल्याएर संगठित गरि सामाजिक सम्मान दिनु आफैमा गौरबको कुरा भएको कार्यक्रममा सहभागिको भनाई थियो ।


    कार्यक्रमका प्रमुख अतिथि एवं भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले देशको राजनैतिक परिवर्तन र सामाजिक आन्दोलनमा नेपाली महिलाहरुको योगदान अतुलनीय रहेको बताउंनुभयो । भरतपुर महानगरपालिका मार्फत महिलाको सवालमा उठेका विषय सम्बोधन गर्न आफु प्रतिवद्ध रहेको समेत उहाँको भनाई थियो ।
    “लैंङ्गिक  समानताको बलियो आधारः सृजनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार” भन्ने नाराका साथ आज देशैभर ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो । आजभन्दा ११३ बर्ष अगाडीदेखि काम गर्ने समय, श्रमको उचित पारिश्रमिक, मतदान अधिकार समेतको माग गर्दै शुरु भएको महिला आन्दोलन आजसम्म आइपुग्दा पनि महिलाका विविध सवालहरु सम्बोधन हुन सकेको अवस्था छैन ।

    बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.