कालिका/राष्ट्रिय संरक्षण कोष तथा जैविक विविधता संरक्षण कोष, सौराहा, चितवनको आर्थिक सहयोगमा बि.एम.हस्तकला प्रशिक्षण उद्योगद्वारा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एकदिने कानूनी साक्षरता शिक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ ।
बि.एम.हस्तकला प्रशिक्षण केन्द्रकी अध्यक्ष एवम् बागमती प्रदेश हस्तकला संघका कार्यसमिति सदस्य बुद्धिमाया घलेको अध्यक्षतामा सम्पन्न तालिममा बागमती प्रदेशका सभासद् घनश्याम दाहाल प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि दाहालले कानूनी साक्षरता शिक्षा तालिमबाट महिला दिदीबहिनीहरुमा आँट, भरोसा र विश्वास बढ्ने बताउनुभयो । उहाँले तालिम छोटो अवधिको भएपनि तालिमबाट सिकेका सिकाईहरुलाई व्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो ।
कानूनी साक्षरता शिक्षा सम्बन्धि तालिमलाई चितवन जिल्ला वार एशोसिएशनका अध्यक्ष अधिवक्ता खगराज कँडेलले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक सुकदेव पौडेल, राष्ट्रिय संरक्षण कोष तथा जैविक विविधता संरक्षण कोष सौराहाका प्रतिनिधि ऋषिराम सुवेदी, सचेत श्रृजनशिल दिदी बहिनी समूहकी अध्यक्ष इन्दिरा भट्ट, कालिका प्रहरी चौकीका इन्चार्ज लालबहादुर घलान, कालिका नगर समिति एकल महिलाको उपाध्यक्ष प्रमिता रिजाल लगायतको उपस्थिति रहेको थियो ।
समाजसेवी सविता लामाले सञ्चालन गर्नुभएको कार्यक्रमलाई बि.एम.हस्तकला प्रशिक्षण केन्द्रकी अध्यक्ष एवम् बागमती प्रदेश हस्तकला संघका कार्यसमिति सदस्य बुद्धिमाया घलेले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।







