भरतपुर/११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चितवन उद्योग संघ महिला उद्यमी मञ्चद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् ।
चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघ महिला उद्यमी मन्च पूर्व अध्यक्ष तारादेवी काफ्ले प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि काफ्ले कार्यक्रमका विशिष्ट अतिथि एवम् चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेललाई ब्लड व्याग प्रदान गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । विशिष्ट अतिथि कँडेलले यो सहित ७१ पटक रक्तदान गरिसक्नु भएको छ ।
चितवन उद्योग संघ महिला उद्यमी मन्चकी सचिव दक्षिणा गैह्रेले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा रक्तदान कार्यक्रमको लागि सहयोग गर्नुहुने दाताहरुलाई धन्यवाद ज्ञापन गरियो । चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी उपाध्यक्ष सृजना सोतीले सञ्चालन गर्नुभएको औपचारिक कार्यक्रमलाई चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबरले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।




Advertisement




