भरतपुर/चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा आयोजित “प्रथम चितवन फुटवेयर एक्स्पो–२०७९” को भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि अधिकारीले स्वदेशी उत्पादनको प्रर्बद्धन गर्ने उद्देश्य अनुरुप चितवनमा शुरु गरिएको प्रथम चितवन फुटवेयर एक्स्पोले स्वदेशी उद्योगहरुको प्रबद्र्धनमा टेवा पुग्ने बताउनुभयो । उहाँले स्वदेशी उत्पादनलाई सरकारले प्राथमिकतामा राखी उद्योगधन्दा स्थापनामा सहयोग गर्नुपर्ने बताउनुभयो ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत गर्नुभएको कार्यक्रममा आयोजक संस्था नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले प्रदर्शनीको बारेमा जानकारी गराउनु भएको थियो ।
उपाध्यायले स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अबलोकन गराई आफ्ना उत्पादका बारेमा जानकारी गराउने, स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न प्रदर्शनी मेलाको माध्यमबाट ब्यापक प्रचार प्रसार गरी बाह्य बजार समेत बिस्तार गर्न रणनीतिक पहल गर्ने, बिदेशी जुत्ता चप्पल तथा छालाका बस्तुहरुको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका बस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई आत्म निर्भर बनाउन आधार तयार गर्ने, वास्तविक उपभोक्तासंँग उत्पादकहरुले प्रत्यक्ष भेटी उनीहरुका गुनासा तथा राय सुझाव संकलन गरी कमी कमजोरीलाई सच्याउँदै आफ्ना उत्पादनहरुमा सुधार ल्याउन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
निःशुल्क प्रवेश रहेको प्रदर्शनीमा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छाला जन्य वस्तुहरु र स्वदेशी तयार गरिएका जुत्ता चप्पल, लेडिज जेन्स बच्चा सबैलाई समेट्ने गरि अहिले गर्मी मौषमलाई लक्षित गरि उत्पादन रहने छन् भने विशेष आकर्षक छुटमा १० भन्दा बढी ब्राण्डका ५०० मोडलका जुत्ता एकै ठाँउमा पाउन सकिने आयोजकले बताएको छ ।


Advertisement




