नेपाल सितोरियो कराते संघ भरतपुर महानगर समितिको आयोजनामा “बालबालिकाहरुका लागि प्रहरी नागरीक अभियान नेपाल ( P2C2) ” सस्थामा रहेका बालबालिकाहरुको खेल जीवन प्रती उत्प्रेरणा एवम समाज प्रती उत्तरदायी बनाउने उदेश्यले सन्चालित सितोरियो कराते प्रशिक्षणको लागि आबश्यक ” खेल सामग्री हस्तान्तरण कार्यक्रम”सम्पन्न गरियो ।

कार्यक्रम नेपाल सितोरियो कराते भरतपुर महानगर समितीका अध्यक्ष राजन कार्कीको सभापतित्वमा भरतपुर महानगरपालिका बडा न ५ अध्यक्ष युद्ध राज श्रेषठ प्रमुख अतिथी, बागमती प्रदेश कराते प्रमुख, जिल्ला चितवन कराते संघ अध्यक्ष एवम वरिष्ठ प्रशिक्षक गगन लामा, जिल्ला खेलकुद बिकास समिती एवम बागमती खेलकुद परिषद सदस्य उत्तम गुरुङ्ग, भरतपुर महानगर खेलकुद समितिको अध्यक्ष बिकास श्रेष्ठ, बेलबहादुर गुरुङ्ग P2C2 सस्थाको अध्यक्ष एवम शिक्षाबिद विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा P2C2 सस्थाका सदस्य एवम समाजसेवी बिष्णु प्रसाद खराल , समाजसेवी खेलप्रेमी बिष्णुहरी पौडेल, जिल्ला कराते टेक्निकल समिती अध्यक्ष एवम रा.खे.प कराते सहायक प्रशिक्षक जङ्ग बहादुर थिङ्ग, जिल्ला खेलकुद समिती सदस्य सुदन दराई , नेपाल रेडक्रस सोसाईटी का सदस्य एवम समाजसेवी आश बहादुर गुरुङ्ग, जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी हबल्दार श्याम कुमाल, टोलसुधार समिति अध्यक्ष नारायण देबकोटा, खेल पत्रकार आस्मा राई, जिल्ला कराते संघका पदाधिकारी सचिब चित्र ब. राना , सदस्यहरु गुन्जबिर राना, देवि प्रजापती, सङ्गम जोसी , पुर्ण बहादुर गुरुङ्ग र कृष्ण बहादुर नेपाल ( सुजन) तथा नगर कराते संघको पदाधिकारीहरु उपाध्यक्ष ज्वाला कुमार भण्डारी , सचिब छबिरमण तिमिल्सिना , कोषाध्यक्ष ईश्वरी प्रसाद कंडेल , सदस्यहरु बौद्ध लामा , मानसिङ्ग घर्ती , शैलेश थापा , बुद्ध लक्ष्मी तमाङ्ग , प्रमिश तमाङ , रत्ननगर कराते संघ का सदस्य मनिश अधिकारी , शैलेन्द्र नेपाल , खैरहनी कराते संघ का सचिव कुमार बि.क , पार्वतीपुर डो.जो का प्रमुख प्रशिक्षक दिनेश परियारको आथित्यता रहेको थियो । कार्यक्रममा ३१ जना खेलाडीहरुलाई कराते पोशाक बितरण गरियो ।




