उज्यालो टाईम्सका शुचिन्तक एवं नेपाल यातायात मजदुर संघ चितवनका जिल्ला अध्यक्ष, नेपाल ट्रेड युनियन काँग्रेस चितवन भरतपुर महानगरपालिकाका संंयोजक पाल्टेन घलानज्युकी ममतामयी माता केरुङ मजुवा टोल विकास संस्था निवासी भेत माया घलानको ५३ वर्षको उमेरमा भएको असामयिक निधनले उज्यालो टाईम्स परिवार स्तब्ध भएको छ । शोकको यस दुःखद् घडीमा मृतआत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।
Advertisement
समवेदन प्रकट कार्यक्रममा उज्यालो टाईम्सका अध्यक्ष एवं प्रधान सम्पादक राजु भट्ट, प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।




