• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

अरबका श्रमिक मजदुर नै हुन नेपालका सम्पत्ति


  •   शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित
  • सरोज पोखरेल
    (लेखक : सरोज पोखरेल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग मानव शास्त्र विषयमा दर्शनार्चायमा अध्ययनरत)

    नेपालमा दिन प्रतिदिन कोरोना भाइरस (कोभिड -१९) सङ्क्रमितको सङ्ख्या बढेको अवस्था छ । देश बन्दाबन्दी (लकडाउन) भएको ४६ दिन भइसकेको छ । कोरोना भईरसकै कारणले दश हजार भन्दा बढी मान्छेले काठमाडौँ छोडेको खबर विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । पछिल्लो समयमा न्यून स्तरका श्रमजीवीहरूले बालबच्चा च्यापेर दसौँ दिन लगाएर गाउँ पुगेका दर्दनाक तस्बिर विभिन्न पत्रपत्रिकाबाट थाहा हुन्छ । नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले कोरोना रोकथामका लागि उल्लेखनीय कार्य गरेको छ यद्यपि अझै पनि भारतको बोर्डरमा स्तरीय ढङ्गबाट बन्दोबस्त गर्न नसकिरहेको अवस्था छ । जसको कारण दिन प्रतिदिन नेपालमा खतरा बढेर गएको छ ।

    Advertisement

    नेपाल र भारतको खुल्ला सिमाना र रोटिबेटीको सम्बन्ध भएकाले पूर्ण रूपमा बोर्डर सिल हुन सकेको देखिँदैन । भारतमा कोरोनाको सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन रफ्तारमा बढिरहेको छ । भारतको यस्तो स्थितिलाई मध्यनजर गरी हेर्दा भोलिको दिनमा नेपाललाई पनि ठुलै समस्या पर्ने पक्का पक्की छ । यस्तो संवेदनशील अवस्थामा नेपाल सरकार र नागरिक दुवै अत्यन्त चतुर हुनुपर्ने जरुरी छ । बि.सं. १८१६ को सुगौली सन्धि पछि ब्रिटिस इन्डिया आर्मीमा भर्ती हुने उद्देश्य बोकेर भारतमा बसाई सरेर गएको इतिहासले देखाउँदछ । जुन समयलाई बसाइसराइको सुरुवात भनेर चिनिन्छ । पछिल्लो दुई सतकदेखि नेपालीहरू कामदारको रूपमा गल्फ राष्ट्रहरू लगायत अन्य केही राष्ट्रमा कामदार भिसामा जाने लर्को नै चल्यो ।

    नेपाल सरकारले ती गरिब, निमुखा नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा नजा उस सरकारले नेपालमा नै रोजगारी सृजना गर्नेछ भन्न पनि सकेन । धेरै थोरै पैसा कमाउने र घरपरिवार पाल्ने उद्देश्यका साथ गाउँ देखि सहरमा बसोबास गर्ने नेपाली आमा बुबाका छोरा छोरी आजका दिन सम्म पनि बिदेसिने क्रम रोकिएको छैन । विश्व प्रख्यात विद्वान रेभिन्स्टाईनले ल अफ माईग्रेसनू मा भनेका छन् कि पुल र पुस फ्याक्टरको कारणले नै बसाइसराइ हुने गर्दछ । नेपालमा पुस फ्याक्टर ज्यादा धेरै भएको अवस्था र विदेशमा पुल फ्याक्टर ज्यादा धेरै भएको अवस्थाका कारण धेरै भन्दा धेरै नेपाली दाजु भाइ, दिदी बहिनी बिदेसिन चाहन्छन् ।

    आज लाखौँ नेपालीले विदेशी भूमिमा आफ्नो पसिना बगाई रहेको अवस्था छ । महिनाभरि काम गरेर पाएको तलब विभिन्न रेमिटेन्स कम्पनीका माध्यमबाट नेपाल पठाउने तथ्य हामी सँग छ । बिशेषगरि Western Union Money Transfer, Money Gram, Himal Remit etc. हरू द्वारा नेपालमा रेमिटेन्स भित्रने गर्दछ । हो, नेपालमा उद्योगधन्दा र कृषिमा रोजगारीको अवसर अत्यन्त कमजोर छ । रोजगारीलाई नै मुख्य उद्देश्य बनाएर ४५ लाख भन्दा बढी नेपालीहरू विभिन्न मुलुकमा कार्यरत छन् । यो देशको अर्थतन्त्र रेमिट्यान्सले मात्र धानेको स्थिति छ । नेपाललाई वार्षिक रूपमा लगभग ६ खर्व रेमिटेन्स प्राप्त हुन्छ।

    नेपालीहरू कतार, दुबई, कुवेत, बहराइन लगायत अन्य देशमा कामको लागि जाने गर्दछन् । कोरोना भाइरसको महामारीको कारण अहिले ती लाखौँ नेपाली कामदार काम विहीन भएको अवस्था सिर्जना भएको छ । विश्वभरि फैलिएको कोरोना भाइरसलाई बेवास्ता गरेर काम सञ्चालन गर्ने अवस्था पनि छैन । एउटै कम्पनीको होस्टेलमा हजारौँ कामदार बस्नुपर्ने बाध्यता त छँदै छ । यति बेला कोरोना भाइरसकै कारणले लगभग सम्पूर्ण कम्पनी बन्दाबन्दै भएको अवस्था छ । एकातिर कम्पनी बन्द हुनु र अर्को तिर र दाल, भात खाने पैसा पनि सकिँदै गएको कारणले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपाली कामदारहरू आत्तिएका छन् । विभिन्न मुलुकमा कार्यरत नेपाली कामदारहरू कोरोना भाइरसद्वारा सङ्क्रमित भइसकेको अवस्था‌ छ । गल्फ राष्ट्रहरूमध्ये बहराइन पहिलो स्थानमा पर्दछ। जहा एक सय पचास भन्दा बढी नेपालीहरू कोरोना सङ्क्रमित भई सकेका छन् । दोस्रो नम्बरमा यु.ए.ई. परेको छ । जहाँ पचहत्तर भन्दा बढी नेपालीहरू कोरोना सङ्क्रमित भई सकेका छन्। विभिन्न देशहरूले आ आफ्नो नागरिकलाई स्वदेश भित्र्याइ क्वारेन्टाइनमा राखिसकेको अवस्था छ । यद्यपि नेपाल सरकारले भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि उचित कदम चाल्न सकिरहेको छैन । हरेक नेपाली कामदारहरूले घर फर्कनका लागि हार गुहार गरिरहेको अवस्था छ ।

    कुनै पनि राष्ट्रको अभिभावक भनेको नै त्यो देशको सरकार हो। आफ्नो नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता सरकारमा हुनुपर्दछ। अब प्रश्न उठ्छ के नेपाल सरकार आफ्नो नागरिकप्रति साच्चिकै चिन्तित छन् त ? नेपाल सरकारले तत्काल वैदेशिक रोजगारीमा रहेका लाखौँ कामदारको समस्या समाधान गर्नुपर्ने देखिन्छ। धेरै देशमा रहेका नेपाली कामदारहरूले घर आउँछु भनिरहेको अवस्था छ । नेपाल सरकारको परीक्षाको समय आएको छ । विदेशको होस्टेलमा रोई कराई गरिरहेको नेपालीहरूलाई कि त नेपाल फर्काउनु पर्‍यो, कि त उक्त देशमा नै सम्पूर्ण खाने बस्ने व्यवस्था बनाइदिनु पर्दछ । सरकार यो आपत्को घडीमा जनताप्रति चिन्तित होऊ ।

    विदेशमा रहेका नेपालीहरूको समस्या समाधानमा केन्द्रित होऊ र नेपाल र भारतका सम्पूर्ण बोर्डरलाई कडा निगरानीमा राख् । त्यति मात्र हैन सरकार कोरोना चेक जाँच बढाऊ…आज कोरोना भाइरसले विश्वका सम्पूर्ण देशहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गरिसकेको अवस्था छ । नेपालमा पनि कोरोना भाइरस सङ्क्रमित बढेका बढ्यै छन् । वीरगन्जमा एकै दिन १७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यी मध्ये १० पुरुष र ७ महिला छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार यो सहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १०१ पुगेको छ । यी मध्ये १९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । यसै गरी वैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुन परीक्षण गर्दा पोजेटिभ देखिएको छ । उनीहरूको उपचारका लागि पुन अस्पतालमा भर्ना गरिएको छ । नेपाल सरकारले कोरोना भाइरस विरुद्ध लड्ने विभिन्न रणनीति बनाउनु पर्ने देखिन्छ । देश भित्रका नागरिक र बाहिरका दुबैलाई मध्यनजर गरी उपयुक्त कदम चाल्नुपर्ने बेला भइसकेको छ । विदेशका नेपाली दूतावास अगाडि बसेर गाँस बासको माग गरिरहेको अवस्था छ ।

    नेपाल सरकारले हरेक देशमा रहेका नेपाली कामदारको समस्या तत्काल सम्बोधन गर्नुपर्ने देखिन्छ। यदि उचित ढङ्गबाट सम्बोधन गरिएन भने भोलि नेपाली राजनीतिमै ठुलै उथलपुथल आउने सम्भावना प्रबल छ । कोरोना भईरसकै कारण विश्वको अर्थतन्त्र नै ध्वस्त हुदैछ । भोलिका दिनहरूमा वैदेशिक रोजगारीको अवसर पनि गुम्ने त्यत्तिकै सम्भावना छ । विभिन्न सङ्घ संस्थाले भनिसकेको छन् कि कोरोना भईरसकै कारणले भोलिका दिनमा लाखौँ नेपाली कामदारहरू नेपाल फर्कनेछन्। तसर्थ भोलिका दिनमा लाखौँ नेपाली कामदारहरू फर्कने पक्का पक्की छ ।

    नेपाल सरकारले तत्काल र भविष्यमा आई पर्ने समस्यालाई पनि मध्यनजर गरेर उचित कदम चाल्नुपर्ने देखिन्छ। देश र विदेशमा रहेका नेपालीहरूको तत्कालका समस्या समाधान नगर्ने र भविष्यमा आई पर्ने समस्याप्रति चिन्तित नहुने हो भने अहिलेका ठुला पार्टीले ठुलो मूल्य चुकाउनु पर्ने देखिन्छ। नेपालका शासक वर्गले भ्रष्टाचार गर्ने र उनीहरूलाई कारबाही पनि नहुने हो भने ती विदेशबाट फर्किएका लाखौँ नेपालीहरूले गरिबी अन्याय अत्याचार सहेर बसाल्न त? यति बेला यो प्रश्नको उत्तर के होला भन्ने जिज्ञासा सम्पूर्ण गणतन्त्र बादी, लोकतन्त्र बादी, प्रजातन्त्र बादी र राजतन्त्र बादीमा छ, मुलत राज्यले राष्ट्रिय सङ्कटको बेलामा आर्थिक क्षतिलाई जोगाउने भन्दा पनि मानवीय क्षति हुनबाट जोगाउनु राज्यको प्रमुख दायित्व रहेको हुन्छ। राज्य जहिले नागरिकको सुरक्षाप्रति संवेदनशील बन्नु, विधिको शासनको पालना गर्नु, भ्रष्टाचार रही पारदर्शिता हुनु नै असल शासनको चरित्र हुन । नेपाल सरकार असल शासक भएर अगाडि बढ्नु नै बुद्धिमानी हुनेछ । अरबका नेपाली श्रमिक मजदुर वर्गको सुरक्षाको लागि उचित कदम चाल्नु नै बुद्धिमानी हुनेछ।

    शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.