भरतपुर/आत्म ज्ञान प्रचार संघ चितवनको आयोजनामा जिल्लाका विभिन्न संघ–संस्थाहरु भरतपुर महानगरपालिका, जिल्ला कारागार, भरतपुर कभर्ड हल, चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ–चितवन, चितवन महोत्सवको परिसर, युटेक इन्जिनियरिङ्ग कलेज, सप्तगण्डकी बहुमुखी क्याम्पस, शहीद स्मारक शारदानगर क्याम्पस, वडा कार्यालय लगागतका स्थानमा अन्तर्राष्ट्रिय शान्ति वक्ता प्रेम रावतज्यूको शान्तिको सन्देश कार्यक्रम निरन्तरता रुपमा सञ्चालन भईरहेको छ ।
शान्तिको सन्देश कार्यक्रमले प्रत्येक मनुष्यले आफूले आफूलाई पहिचान गर्न ठूलो योगदान पु¥याएको भन्दै जिल्लामा सन्देश कार्यक्रमप्रति आकर्षण बढेको आत्म ज्ञान प्रचार संघ चितवनले जानकारी दिएको छ । पछिल्लो समयमा आ–आफ्ना क्षेत्रहरुमा शान्तिको सन्देश कार्यक्रमलाई सञ्चालन गर्न समेत माग बढिरहेको मोहन लाल श्रेष्ठले जानकारी दिनुभयो ।
Advertisement











