• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

जलाधार क्षेत्रको संरक्षणका लागि नारायणी नदी सम्मेलन


  •   मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित
  • गैँडाकोट/गण्डकी प्रदेशका कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेद बहादुर गुरु∙ले मानवीय आचारणका कारण प्राकृतिक सम्पदामा असर परेको बताएका छन् । सहमति संस्थाको आयोजनामा गैँडाकोटमा नारायणी जलाधार संरक्षणका लागि आयोजित नारायणी नदी सम्मेलनमा बोल्दै उनले मानव सिर्जित विविध कारण प्राकृतिक सम्पदामा असर परेको बताए । पानी जीवनका लागि अपरिहार्य रहेको बताउँदै यसको संरक्षणमा सबै लाग्नुपर्नेमा उनले जोड दिए । मन्त्री गुरु∙ले नारायणी नदी सम्मेलनले प्रदेशको नीति बनाउन सघाउ पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।

    Advertisement

    विज्ञान तथा प्रविधि पूर्वमन्त्री ई. गणेश शाहले नदी आमा समान गंगाको रुपमा लिईने र आमाले जस्तै पोषण दिइरहने भएकाले यसको संरक्षण जरुरी रहेको बताए । उनले प्रदेश नीति बनाउँदा सरंक्षण कार्यलाई प्राथमिकतामा राख्न मन्त्री गुरु∙को ध्यानाकर्षण गराए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रमा पानीको महत्त्व अति नै रहेको बताउँदै पानीलाई सार्वजनिक सम्पत्तिका रुपमा लिदैँ नारायणी, राप्ती र रीउ लगायतका नदीमा हुने दोहन रोक्नुपर्नेमा जोड दिए ।

    जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले जलवायु परिवर्तनले गर्दा ठूला बाढी आउने क्षति पुराउने गरेकाले त्यतातर्फ पनि ध्यान दिनुपर्ने बताए । गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले नारायणी नदीलाई स्वच्छता कायम राखी जलचरको संरक्षणका लागि मूहानदेखी नै संरक्षण कार्य प्रराम्भ गरिनुपर्नेमा जोड दिए ।

    भरतपुर महानगरपालिकाका नगर उप प्रमुख चित्रसेन अधिकारीले मानवजाती र प्राणीका लागि अपरिहार्य पानी र नारायणी नदीलाई व्यवस्थापन गर्न नीतिगत व्यवस्थापन जरुरी रहेको बताउँदै नारायणी नदी किनारमा विसर्जन गरिदै आएको फोहर व्यवस्थापन गरिने बताए । गाउँपालिका महासंघका केन्द्रीय अध्यक्ष एवं हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बाढीका कारण नदीजन्य पदार्थ भारततर्फ बगेर खेर गएको जनाउँदै त्यस्ता पदार्थको उपभोग एवं सदुपयोग गर्न मिल्ने ऐनको व्यवस्था गर्नुपर्ने बताइन् । गैँडाकोटका पूर्व नगर प्रमुख छत्रराज पौडेलले एक सामुदायिक वन एक जलाधार निर्माणमा जोड दिदैँ अन्तर पालिका एवं जिल्लाबीच समन्वय गरी नारायणी नदी व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।

    गैर सरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रसाद शर्माले पानी संरक्षणमा गैर सरकारी संस्थाहरुको भूमिका अहम् रहेको बताए । आईसेट नेपालका सल्लाहकार एवं सञ्चालक अजय दिक्षितले नदी, लय र उत्थानशीलताबारे प्रकाश पार्दै जीव प्रणाली, अर्थ प्रणाली र समताको समन्वय हुनुपर्ने बताए । डब्लु डब्लु एफका नेपाल प्रतिनिधि डा. घना श्याम गुरु∙ले पानी विना जीवन कल्पना समेत गर्न नसकिने बताउँदै पानी शिक्षा चलाउनुपर्ने बताए । जलाधार क्षेत्रमा भएका प्रदुषण रोक्दै पानीसँग जोडिएका धर्म, संस्कार रिति रिवाज एवं संस्कृति, उद्योग सञ्चालन, जलवायु परिवर्तन, नदी संरक्षण तथा सम्वद्र्धन एवं जैविक विविधताका विषयमा सचेत बन्नुपर्ने बताए ।

    सहमतिको ‘सिमसार क्षेत्र पुर्नस्थापना र नारायणी तटिय सामुहिक प्रयास तथा कार्ययोजना’ परियोजनाका संयोजक दिनेश वास्ताकोटीले नारायणी जलाधार क्षेत्र तथा यहाँ रहेका पानीका स्रोत संरक्षण यसको उपभोग गर्नका लागि सम्बन्धित निकायहरुसँग छलफल गरी मानव र प्रकृतिको लागि संयुक्त कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउने बताए ।

    सहमतिका अध्यक्ष होमनाथ सुवेदीले सिमसार क्षेत्रहरुको संरक्षण, नदी तटीय क्षेत्रमा आश्रित परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, नदीको अनुगमन, पानीको उचित प्रयोग, स्थानीय सरकारसँग समन्वयमा प्रदेश तथा संघीय सरकारलाई नीति निर्माणमा सहयोग गर्ने कार्यमा सहजिकरण गर्दै आएको बताए ।

    डब्लु डब्लु एफ, जलाधार संरक्षण केन्द्र गण्डकी प्रदेश, गैँडाकोट नगरपालिका, त्रिभुवन विश्वविद्यालय वातावरण विभाग, लुथरनसँगको सहकार्यमा सहमतिको ‘सिमसार क्षेत्र पुर्नस्थापना र नारायणी तटिय सामुहिक प्रयास तथा कार्ययोजना’ परियोजनाको आयोजनामा सञ्चालित सम्मेलन २ गते सम्म चल्ने छ । सम्मेलनमा सरोकारवाला एवं संरक्षणकर्मीबीच गहन छलफल गरी जलाधार संरक्षणका उपायहरु अवलम्बन गर्न मार्ग प्रशस्त गरिने जनाइएको छ । ग्रिन पिक्सेलसँगको सहकार्यमा सहमतिले यसअघि नवलपुर, चितवन र मकवानपुरमा पटक–पटक कार्यशाला गरी संयुक्त कार्ययोजना तयार गरेको थियो । सो अवसरमा मन्त्री बेद बहादुर गुरु∙ले जलाधार क्षेत्र संरक्षण कार्ययोजना विमोचन गरेका थिए ।

    सम्मेलनले यस क्षेत्रमा गरिएका अध्ययन, अनुसन्धानहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन सघाउ पुग्ने विश्वास गरिएको छ । नारायणी नदीसँगै सहायक नदी र खोलाहरु पानीको मुख्य स्रोत भएकोले यी क्षेत्रमा गर्नुपर्ने कामका विषयमा निचोडमा पुगिने सहमतिका कार्यकारी संयोजक हरिप्रसाद सापकोटाले जानकारी दिए । सम्मेलनमा नारायणी नदी जलाधार क्षेत्रमा भएका प्रदुषण, योसँग जोडिएका धर्म, संस्कार रिति रिवाज एवं संस्कृति, जलवायु परिवर्तन, नदी संरक्षण तथा सम्वद्र्धन एवं जैविक विविधताका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै समूहगत रुपमा छलफल चलिरहेको छ ।

    नारायणी जलाधार क्षेत्रले नवलपुर, चितवन र मकवानपुर गरी ४ लाख ६८ हजार हेक्टर क्षेत्र ओगटेको छ । यहाँका ११ लाख व्यक्ति लाभान्वित छन् । पानी खानेपानीको आधार, बिजुली बत्तीको आधार, कृषि सिंचाईको आधार, पर्यटनको आधार, धार्मिक अनुष्ठानका लागि, जलचरको बासस्थान लगायत जनजीविकाको आधार भएकाले पानीको व्यवस्थापनमा बहस भइरहेको छ ।

    मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.