भरतपुर/नारायणी नदीमा क्रुजजस्तै पानीजहाज सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेनमेन्ट कम्पनीले क्रुज सिपलाई सञ्चालनमा ल्याएको हो । क्रुज जस्तो जहाजको दुई वर्ष पहिले नै परीक्षण गरिएको थियो । कोभिड–१९ को महामारी र केही नीतिगत समस्याका कारण क्रुज जहाज सञ्चालनमा ल्याउन कठिन भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सबै प्रक्रिया पूरा गरी क्रुज सिप सञ्चालनमा ल्याईएको क्रुजजस्ता जहाजमा यात्रा गर्ने यात्रुको १० लाख रुपैयाँमा बीमा गरिएको छ । क्रुज जहाजमा चढ्न रु ७००, ब्रेकफास्ट क्रुजको रु १५००, लंच क्रुजको रु दुई हजार र डिनर क्रुजको रु २५०० रुपैयाँ तोकिएको छ । यात्रुहरूले नारायणी नदीको पानीजहाज एक पटकमा करिब एक घण्टाको लागि रमाइलो गर्न पाउने र जहाजमा पहिलो तल्लामा ९० जना र दोस्रो तल्लामा १०० जना मानिस अट्न सक्ने र १०० फिट लम्बाइ र २५ फिट चौडाइ रहेको सुदिप खनालले बताए ।

क्रुजजस्तै पानीजहाजमा विवाह, इन्गेजमेन्ट, जन्मदिन, वैवाहिक वार्षिकोत्सव लगायतका गतिविधि गर्न सकिने खनालले बताउनुभयो । क्रुज जहाज निर्माणमा १५ करोड रुपैयाँभन्दा बढी खर्च भएको खनालले बताए । उनका अनुसार ४० किलोमिटरसम्म क्रुज सञ्चालनका लागि अनुमति लिइएको छ । उनले रुट पहिचान गरी सोही अनुसार यात्रा तय गरिएको समेत बताए । रेस्टुरेन्ट, कार्यक्रमका लागि स्टेज, बैठक र सेमिनार गर्न सकिने हल र सेल्फी पोइन्ट पनि क्रुजजस्तै जहाजभित्र निर्माण गरिएको छ ।
भारतको केरला राज्यका प्राविधिकहरूबाट नर्वेजियन प्रविधिबाट निर्माण भएको क्रुज क्रुजको स्टेशन ज्ञानेश्वर सामुदायिक वन, काभ्रेघाट, भरतपुर महानगरपालिका वडा नं. १६ मा रहेको छ ।




