• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

मेरो डिस्काउन्टस् एपको शुभारम्भ

  •   बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
  • चितवन/ओसी ग्रुप सफ्टवेयर प्रालिले ‘मेरो डिस्काउन्टस्’ एप्स सञ्चालनमा ल्याएको छ । एप्सको बिहीबार भरतपुरमा शुभारम्भ गर्दै होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले सूचना र प्रविधिको युगमा विभिन्न एप्सहरु बजारमा आएको भन्दै मेरो डिस्काउन्टस् एपले उपभोक्तालाई सबै सेवा एकैठाउँमा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
    सबैको हातमा मोबाइल हुने भएकाले धेरै उपभोक्ताहरुले एप्सको प्रयोग गर्ने भन्दै उहाँले सबै सेवासुविधा एकैठाउँमा पाउँदा ग्राहकहरुलाई सहज र उपभोक्तामैत्री सेवा प्रवाह हुने बताउनुभयो । पछिल्लो समय आफ्नो होटलको करिब ५० प्रतिशत कोठाहरु अनलाइनबाट बुकिङ हुने गरेको भन्दै चुकेले मेरो डिस्काउन्टस् एप्सलाई होटल तथा रेष्टुराँहरुसहित सबै सेवासुविधा जोड्न सुझाव दिनुभयो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उत्पादित वस्तुको बजारीकरणमा अनलाइन बजार उत्कृष्ट गन्तव्य भएको बताउनुभयो । डिजिटल मार्केटिङले वस्तुको उचित मूल्य पाउन सघाउन पु¥याउने भएकाले सबैको पहुँचमा एप्स लैजानुपर्ने श्रेष्ठको भनाइ थियो । मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन डिजिटल बजारको मुख्य भूमिका हुने भएकाले एप्सले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुपर्नेमा श्रेष्ठले जोड दिनुभयो ।
    मानिसको दैनिक जीवनमा नभई नहुने सम्पर्ण आवश्यकताहरु पूरा गर्ने उद्देश्यले एप्स सञ्चालनमा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रदिप चौधरीले बताउनुभयो । चितवनको भरतपुरमा आज आयोजित एप्सको शुभारम्भ तथा पत्रकार सम्मेलनमा चौधरीले यो एप्सले नेपाली उपभोक्तालाई मात्र नभएर विदेशमा रहेका नेपाली तथा पर्यटकहरुलाई पनि फाइदा पु¥याउने बताउनुभयो ।
    विश्व बजारमा रहेका प्रख्यात अनलाईन मञ्चहरुको विशेष सुविधाहरु मेरो डिस्काउन्टस् एप्समा संलग्न गरी तयार पारिएको चौधरीको भनाइ छ । “हामीले सजिलो र सहज रुपमा हाम्रो ग्राहकहरुले खरिद गरिने प्रत्येक सेवा तथा सुविधाहरुमा विशेष छुट दिने लक्ष्य राखेर एप्स सञ्चालन गरेका छौँ” चौधरीले भन्नुभयो । यस एप्सबाट व्यवसायीहरुलाई उच्च ब्राण्डको स्पष्ट मञ्च प्रदान गरी व्यापार बढाउन मद्दत गर्ने चौधरीले बताउनुभयो ।
    कम्पनीकी जनसम्पर्क अधिकृत अञ्जना मल्लले एप्सको मद्दतबाट ग्राहकवर्गहरुलाई सजिलै सेवा सुविधा लिन सक्ने वातावरण सृजना हुने बताउनुभयो । मेरो डिस्काउन्टस्बाट मध्यम वर्गका ग्राहकहरुले पनि स्तरीय सेवा र सुविधाहरु उपयोग गर्न सक्ने उहाँको भनाइ छ । एप्सको मद्दतले व्यवसायीको बिक्री वितरण बढाउन र नयाँ व्यवसायीहरुलाई थप प्रोत्साहन गरी अगाडि बढ्न सहयोग पुग्ने मल्लले बताउनुभयो ।

    Advertisement

    बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.