• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सरकारले लकडाउन खुकुलो गर्दै उद्योग धन्दा खोल्ने वातावरण मिलाउनुपर्छ


  •   मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
  • राजु पौडेल
    अध्यक्ष
    चितवन उद्योग संघ)

    Advertisement

    कोरोनाको कहरका कारण आज देशभर लकडाउन छ । अत्याबश्यक खाद्य वस्तु, स्वास्थ्य सामाग्री बाहेकका सबै कलकारखाना, उद्योग धन्दा, बजार ठप्प छन । एकातिर कोरानो जोखिम र त्रास छँदैछ, अर्कोतिर भोको पेटले पनि सताउंँदै गएको छ । झण्डै १ महिनाको लकडाउनमा सबैभन्दा बढी मर्कामा दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरु छन् । अर्कोतिर कृषकको हालत पनि दिन दिनै दयनीय बन्दै गएको छ । कारण दैनिक ज्याला मजदुरसंँग काम छैन । कृषकको उपजको नत बिक्री छ नत सही मुल्य नै । लकडाउनका कारण सारा आर्थिक क्रियाकलाप धराशायी बन्दै गएको छ । अर्को मर्कामा परेको क्षेत्र हो पर्यटन क्षेत्र र उद्योग क्षेत्र । बिशेषगरी नेपालको पर्यटन वाह्य पर्यटनमा निर्भर छ । अहिले यो क्षेत्र सुनसान छ । त्यस्तै, उद्योग कलकारखाना विगत १ महिनादेखि ठप्प छन् । उद्योगी व्यवसायीको ऋण दैनिक रुपमा उकालो चढ्दैछ । जसका कारण उनीहरुले उद्योग कलकारखाना बन्द गरेर पनि सुख पाएका छैनन । राज्यलाई तिर्ने नियमित कर, उद्योग धन्दामा कामगर्ने कर्मचारी, मजदुर प्रति दायित्व अनि जग्गाभाडा,घरभाडा र अर्को बैंकको ऋणको भार पनि थपिदै छ ।
    आर्थिक गतिविधि कहाली लाग्दो अवस्थामा पुग्ने संकेत देखिएको छ । लकडाउनले कोरोनाको कहर त हटाउला तर अर्थतन्त्रमा लागेको घाउ पुरिन भने बर्षौ लाग्ने निश्चित छ । जसका कारण सरकारले लकडाउनलाई मात्र प्राथमिकता नदिइकन उत्तिकै प्राथमिकता आर्थिक पक्षमा पनि ध्यान दिनु पर्छ । त्यो पनि समयमै । लकडाउन कारण दिनानुदिन बिग्रँदै गएको आर्थिक क्षेत्र र तत्काल चाल्नुपर्ने कदम र दीर्घकालिन योजनाका बिषयमा एटुजेड समाचारले चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलसंग गरिएको कुराकानी को संपादित अंश ः

    लकडाउनलाई तपाईले कसरी हेर्नु भएको छ ?
    कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न नेपाल सरकारले थालेको लकडाउन प्रशंसनीय छ । तर, लकडाउन मात्र सबै समाधान होइन । लामो लकडाउनले सबै क्षेत्र डामाडोल अवस्थामा पुगेको छ । सबैभन्दा बढी अर्थतन्त्रलाई धराशायी बनाउँदै लगेको छ । यो महामारीले विश्वलाईनै आक्रान्त पारिरहेको बेला नेपाललाई पनि यसले नछुने कुरै भएन । कोरोनाका कारण नेपालमा त्यस्तो मानवीय क्षति नभएपनि त्रास कायमै छ । अर्कोकुरा लकडाउन थप लम्बिदै जाने देखिन्छ । सरकार अहिले कोरोना नियन्त्रणमा मात्र केन्द्रित भएको देखिन्छ । अरु क्षेत्रमा खासै चासो देखाईएको छैन । त्यसैले सरकारले अब आर्थिक क्षेत्रलाई खुकुलो बनाउंँदै रेडजोन, ग्रेजोन र ग्रिन जोन निर्धारण गरेर अगाडी बढ्नु पर्छ ।

    लकडाउनले उद्योग क्षेत्रलाई कस्तो असर पारेको छ ?
    लकडाउने सबैभन्दा बढी उत्पादनमुलक उद्योग, कृषि क्षेत्र, पर्यटन क्षेत्रलाई ठूलो क्षति पु¥याएको छ । लकडाउन लम्बिदै जांँदा यसको अवस्था झन भयावह र कल्पनानै गर्न नसकिने हुने पक्का छ । रोगको सामनाको लागि त सरकारले संयन्त्र बनाएरै काम गरेको छ तर यसले पार्ने असरलाई सरकारले त्यति चिन्ता र चासो देखाएको देखिँदैन । अहिले औद्योगिक क्षेत्र ठप्प छ । कृषि उपजको व्यवस्थापन नहुंँदा लाखौंको उत्पादन बारीमा नै कुहिन थालेको छ । पोल्ट्रीजन्य उत्पादन बिक्री भएका छैनन् । पर्यटन क्षेत्र ध्वस्त भएको छ ।
    उद्योगहरु केही समय बन्द गरेर सञ्चालकलाई मात्र हानी भएको छैन । यसमा आश्रित कर्मचारी, मजदुरहरुलाई थप असर पुगेको छ । उत्पादनन नहुंँदा एकत उपभोग्य सामानको अभाव हँुदै गएको छ त । अर्को कुरा हामीले आयात पनि सहजरुपमा गर्न सकेका छैनौं फलस्वरुप माग र आपूर्ती बीच असन्तुलन भई मुल्यवृद्धि आकशिने सम्भावना छ ।

    लकडाउनका कारण कृषि क्षेत्र र पर्यटन उद्योगलाई कस्तो नोक्सान पु¥याएको छ ?

    लकडाउनका कारण सबै भन्दा बढी मारमा परेको क्षेत्र हो कृषि क्षेत्र र पर्यटन उद्योग हो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटन उद्योगले होटलहरुको स्तरोन्नति र नयाँ होटल स्थापनामा अरबौंको लगानी गरेका थिए । कोरोना प्रभावको यो स्थितिमा पर्यटन उद्योग तंग्रिन स्थिति सामान्य भएपछि कम्तीमा पनि २ वर्ष लाग्दछ । त्यस्तै, कुल ग्राह्स्थ उत्पादनमा २७ % योगदान गरिरहेको कृषि क्षेत्रको सही व्यवस्थापन गर्नु पनि चुनौतिपूर्ण छ । एकातर्फ तत्कालका लागि स्थानिय स्तरमा उत्पादित कृषि उपजको उचित बजारीकरण गरी उपभोक्ताको घर दैलोमा पु–याउनु छ भने अर्कोतर्फ भविष्यमा खाद्य संकट आउन नदिन कुनै पनि जग्गा खालि नराखी सम्पूर्ण संयन्त्र परिचालन गरी खेती गर्नुपर्ने छ । साथे, यस पेशामा आश्रित ६५% जनसंख्याका अतिरिक्त निकट भविष्यमा रोजगारी गुमी विदेशबाट फर्कन सक्ने लाखौं व्यक्तिहरुलाई पनि रोजगारी दिलाउनु छ । त्यसैले कुल ग्राह्स्थ उत्पादनमा यस क्षेत्रको योगदानलाई ४० % पु¥याउने लक्ष्यका साथ सरकारले व्यवसायिक कृषि उत्पादनमा प्रोत्साहन गर्दै कृषिमा आत्मनिर्भर बनाइ निर्यात गर्न सकिने उच्च मूल्यका बेमौसमी अर्गानिक तरकारी तथा फलफूलको खेतीमा विशेष पहल गर्नुपर्ने देखिन्छ ।

    लकडाउनका कारण रोजगारीको क्षेत्रमा कस्तो असर पुग्ला ?

    लकडाउनका कारण लाखौंको रोजगारी गुम्ने खतरा त छदैछ । अर्को कुरा बैदेशिक रोजगारीका लागि गएको युवाहरुको तांँती स्वदेश फर्कदैछन । जसका कारण बेरोजगारीको संख्या ह्वात्तै बढ्ने छ भने उपभोग पनि उत्तिकै बढ्छ । त्यसैले उनीहरुलाई रोजगारी दिलाउन र स्वरोजगारको सिर्जना गर्न कृषि क्षेत्रनै प्रमुख विकल्प हो । उनीहरुलाई कृषि क्षेत्रमा आकर्षण गरेर उत्पादनमुलक कार्यमा लगाउनु पर्दछ । साथै लघुउउद्यम एवं साना व्यवसायतर्फ उन्मुख बनाउंँनु जरुरी छ । नत्र यसले रोजगारीमा ठूलो खाडल बनाउने पक्का छ ।

    अहिले सबै उद्योगधन्दा कलकारखाना ठप्प भईरहेको बेला यसले अर्थतन्त्रमा कस्तो असर पुग्ला ?
    आयातित कच्चा पदार्थ नै औद्योगिक उत्पादनका लागि प्रमुख आधार भएको हाम्रो मुलकमा सञ्चालन अनुमति पाएका अत्यावश्यकीय वस्तु तथा सेवा उत्पादन गर्ने अधिकांश उद्योगहरु पनि ठप्प नै छन् । विश्व अर्थतन्त्रमा नै नकारात्मक असर परिरहेको वर्तमान सन्दर्भममा रेमिट्यान्समा पनि हस आउने संकेत देखिन्छ । हाम्रो आफ्नो आन्तरिक उत्पादनले देशलाई धान्दैन । देशमा प्रशस्त लगानी गर्ने बजेट पनि छैन । देशमा चालुगत खर्च बढ्दो छ । आर्थिक गतिविधि ठप्प हँदा सरकारले लक्ष्य गरेको राजश्व उठ्न सक्दैन । बाह्य अनुदान र ऋण पनि आउन मुस्किल छ । सरकारी निकायका कर्मचारीलाई तलब सेवा सुविधा दिने चुनौति उत्तिकै छ । तसर्थ, कोरोना भाइरस प्रभावले अर्थ तन्त्रमा ठूलो पहिरो जाने निश्चित छ ।

    अर्थतन्त्रलाई सन्तुलन ल्याउन र अवस्था सामान्य गर्दै लैजान के गर्नुपर्ला जस्तो छ ?

    अब हाम्रो देशमा सबै उपभोग्य र कच्चा पदार्थ बिदेशबाट आयात हुन्छन् । हामी आयातमा निर्भर छौं । अब देशमा उत्पादन बढाउन कृषि उत्पादननै प्रमुख विकल्प हुन्छ । त्यसैले विदेशबाट आएका युवाहरुलाई कृषिमा लगाउने वातावरण सरकारले तय गर्नुपर्छ । उनीहरुलाई यस क्षेत्रमा स्थापित गर्न उपयुक्त बजार र निश्चित मुल्य तोक्नुपर्दछ । स्थानीय तह अनुसारका उत्पादनमा बृद्धि गर्न अलग्गै प्याकेज र राहत कार्यक्रममा तत्काल ल्याउन सक्नुपर्दछ । लकडाउनको लामो समय अब थेग्न सक्ने अबस्था छैन बिस्तारै त्यहांँ रहेका कर्मचारी , मजदुरलाई पूर्व स्वास्थ्य सुरक्षा, सावधानी अपनाएर उद्योगधन्दा कलकारखाना खुलाउने वातावरण सिर्जना गर्न ढिला गर्नुहुदैन । माग र आपुर्तिलाई सन्तुलनमा ल्याउन कृषिजन्य उत्पादनलाई सरकारले प्राथमिकता राख्नु पर्छ । क्षेत्र अनुसार उत्पादनलाई जोड दिएर जोन निर्धारण गर्न सक्नुपर्दछ । जस्तै पालिका अनुसार तोकिएको क्षेत्रमा उत्पादित बस्तु अनुसारका उद्योग खोल्ने वातावरण मिलाउनुपर्छ । जस्तो गोलभेंडा पकेट क्षेत्रमा ‘सस’ फ्याक्ट्री , सून्तला पकेट क्षेत्रमा जुस फ्याक्ट्री जस्ता उद्योगलाई प्राथमिकता दिई कृषकलाई कन्टयाक्ट र्फािर्मङ्गको व्यवस्था गर्नुपर्दछ ।

    अर्थततन्त्रलाई जोगाउन र रोजगारीलाई अभिवृद्धि गर्न नीजि क्षेत्र र सरकारवीच कस्तो समन्वय हुनुपर्छ ?
    नेपालको परिप्रेक्षयमा अर्थतन्त्रलाई जोगाउन र रोजगारलाई बृद्धि गर्न एउटै मात्र उपाय हो कृषिजन्य उत्पादन र औद्योगिक उत्पादनलाई प्राथमिकता राख्नु । विकास निर्माणका कार्यलाई अहिले थाती राखेर उत्पादनमुलक कार्यमानै जोड दिनुपर्छ कोरानाको कहर पछिको अवस्थालाई हेरेर सरकारले नीतिलाई नै परिमार्जित गर्नु आवश्यक छ । अर्को कुरा रुग्ण उद्योग हरुलाई पूर्णरुपमा सञ्चालनमा ल्याउने , विद्युत उत्पादनलाई प्राथमिकतामा राख्ने ,विदेशबाट फर्केका युवालाई लघुउद्यम, अन्य व्यवसायमा आकर्षण गर्ने प्याकेज ल्याउनुपर्दछ । अहिले चालु हालतमा रहेका उद्योगहरुको हकमा लकडाउनको समयावधिलाई हेरेर उद्योगको प्रकृति हेरेर पुर्नवित्तिय लगानीको वातावरण तयार गरिनु पर्छ । उद्योगी व्यवसायीहरुलाई व्याजमा छुट दिनुपर्दछ । र नीजि क्षेत्रसंँग सहकार्य गरेर सरकारले उद्योगमैत्री उत्पादन मैत्री , करमैत्री, भन्सार मैत्री वातावरणको सिर्जना गर्नुपर्दछ । अझैपनि देशमा कृषिजन्य उत्पादन खेर गइरहेको अवस्थामा भारतबाट कृषिजन्य उत्पादन आइरहेकोले दोहोरो मारमा कृषक छन । त्यसैले भारतबाट आयातित उपभोग्य बस्तुको भन्सार दरमा बृद्धि गर्ने र आयातित कच्चा पदार्थको भन्सार दर घटाउनुपर्दछ । जसले गर्दा रोजगारी अवस्था सिर्जना हुनुको साथै नेपाली उत्पादनको उपभोग बढ्ने गर्छ र व्यापार घाटा कम भई अर्थतन्त्र सन्तुलनमा आउंँछ ।

    अन्तयमा, चितवन उद्योग संघले उद्योग र उद्योगीहरुका समस्याहरुलाई हल गर्न कस्तो प्रयत्न गरिरहेको छ ?
    कोभिड १९ को संक्रमणबाट आम नागरिकलाइ सुरक्षित राख्न नेपाल सरकारले लकडाउन गरेको समयमा हामी सबै उद्योगी व्यवसायीहरुले सरकारको निर्णयलाई आत्मसाथ गर्दै सञ्चालन अनुमति पाएका अत्यावश्यकीय वस्तु तथा सेवा प्रदायक उद्योगहरु पूर्ण स्वास्थ्य सतर्कता अवलम्बन गरि सञ्चालनको लागि सहजीकरण गर्न जिल्लाका सबै स्थानिय पालिकाहरु, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग नियमित सम्पर्क र समन्वय ग–यौं। यसै बीच उद्योग व्यवसायमा परेको प्रभावबाट सिर्जित समस्या समाधान गरी उद्योग व्यवसायलाई क्गकतबष्ल गराउन नेपाल सरकारसँग उद्योगीका अपेक्षाहरु सुझाबका रुपमा नेपाल सरकारलाई पेश गरेका छौं । साथै, लकडाउनको दिन लम्बिंदै जाँदा माग र आपूर्ति बीच असन्तुलन हुने भएकोले पूर्ण स्वास्थ्य सतर्कता अवलम्बन गरि क्रमश सबै उद्योगहरु सञ्चालनमा स्थानिय प्रशासन कार्यालयसँग समन्वय गरी सहजीकरण गरेका छौं । चितवन उद्योग संघको पहल र अनुरोध अनुसार उद्योगहरु सञ्चालनमा सहजीकरण गरी सहयोग पुर्याउनुहुने जिल्ला प्रशासन कार्यालय, चितवन, जिल्ला प्रहरी कार्यालय चितवन लगायत सबै सुरक्षा निकायहरु, चितवनका सबै स्थानिय निकाय तथा जन प्रतिनिधिहरु स्थानिय टोल छीमेक लगायत प्रत्यक्ष, अप्रत्यक्ष सहयोग पुर्याउनुहुने सम्पूर्णमा धन्यवाद सहित आभार प्रकट गर्दछु ।
    धन्यवाद ।

    मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.