मर्स्याङदी/राइनास नगरपालिका वडा नंं ३ टिमुरेका हरि पौडेलले वडा भित्रका असहाय तथा आर्थिक अवस्था कमजोर भएका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्नुभएको छ । पौडेलले वडा कार्यालयको समन्वयमा वडा भित्र बसोबास गर्नुहुने २० जना जेष्ठ नागरिक बुवाहरुलाई एक/एक थान ट्रयाक प्रदान गर्नुभएको हो । पौडेलले छोरि रितु पौडेलको यहि माघ ११ गते परेको जन्मदिनको अवसरमा असाह्य बुवाहरुलाई न्यानो लुगा वितरण गर्नुभएको हो । पौडेलले नगरपालिका भित्रका ५२ जना विद्यार्थीलाई समेत न्यानो लुगा उपलव्ध गराउनुभएको छ ।
पालिका भित्रका २६ प्राथामिक विद्यालयका २/२ जना गरी ५२ जना न्यून आर्थिक आय भएका विद्यार्थीलाई एक/एक थान ट्रयाक उपलव्ध गराउनुभएको हो । नगरपालिका शिक्षा शाखाको समन्वयमा सम्वन्धित विद्यार्थीलाई वितरणको लागि पौडेलले उक्त लुगा शिक्षा शाखा अधिकृत पूर्ण नेपालीलाई हस्तान्तरण गर्नुभएको छ ।
काठमाडौस्थित कपडा व्यवसायमा आवद्ध पौडेलले जेष्ठ नागरिक र विद्यार्थीलाई गरी ४२ हजार रुपैया वरावरको न्यानो लुगा सहयोग गरेको वताउनुभयो । उहाँले मानविय सेवा भावका साथ आफूले सकेको सहयोग उपलव्ध गराएको वताउनुभएको छ । जेष्ठ नागरिकलाई लुगा वितरणका क्रममा राइनास ३ का वडाअध्यक्ष देउवहादुर पौडेलको विशेष उपस्थिती रहेको थियो ।




