चितवन/पूर्व सुरक्षाकर्मी परिषद नेपालले चितवनमा पनि परिषद गठन गरेको छ । सोमबार भरतपुरमा सम्पन्न भेलाले नवराज अधिकारीको अध्यक्षतामा चितवनमा पनि समिति गठन गरेको हो । परिषदको उपाध्यक्षमा सचिवमा सूर्यबहादुर न्यौपाने र सह–सचिवमा कृष्ण भुसाललाई चयन गरेको छ । उपाध्यक्ष दुई जना र कोषाध्यक्ष पदमा भने समितिको पहिलो बैठकले मनोनित गरिने परिषदका सचिव सूर्यबहादुर न्यौपानेले जानकारी दिए । सदस्यहरूमा भने बाबुराम अधिकारी, ईश्वरी पन्थी, कमल गिरी, विनोदकुमार पौडेल, प्रकाश सिंखडा, शेरबहादुर न्यौपाने र लक्ष्मण बानियाँ चयन भएका छन् । सदस्य संख्या पनि थप गर्दै ३५ सदस्यीय समिति बनाउने परिषदका सचिव न्यौपानेले जानकारी दिए ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भारतीय गोरखा सेना, ब्रिटिस गोरखा सेना र सिंगापुर पुलिसबाट अवकास प्राप्त व्यक्तिहरूलाई संगठित गराउने उद्देश्य सहित चितवनमा पनि समिति गठन गरिएको परिषदले जनाएको छ ।




