बुटवल/फर्निचर उद्योग संघ रुपन्देहीको बैठकले आत्मदाह गरी निधन भएका ईलामका ब्यवसायी प्रेमप्रसाद आचार्यलाई ‘उद्यमी शहीद’ घोषणा गर्न सरकारसंग माग गरेको छ । फनिर्चर उद्योग सघं रुपन्देहीकी अध्यक्ष साबित्रा टण्डनको अध्यक्षतामा बिहीवार बसेको बैठकले गत मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि बिभिन्न ठाउँबाट आएको प्रेसर थाम्न नसकि आफैंमाथि आगो लगाई आत्मदाह गरेका ईलामका ३६ बर्षे ब्यवसायी प्रेम आचार्यलाई उद्यमी सहीद घोषणको माग गर्दे परिवार जनप्रति गहिरो समबेदना ब्यक्त गरेको छ ।
उनले संसदभवन अगाडी आत्मदाह गर्नु आन्दोलन भएकाले सहिद घोषणा गर्न ब्यवसायीले माग गरेका हुन ।
इलाम फिक्कल, केराबारीका आचार्यले जीवनमा जताततै असफलता मात्र प्राप्त गरेपछि आत्मदाह गर्नुपरेको भन्दै सरकारलाई २५ बुदे सुझाव आफ्नो फेसबुक पेजमा समेत उल्लेख गरेका थिए । उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको थियो ।
बैठकले फर्निचर उद्योगीलाई घुमन्ते झोले टोलीले पारेको समस्या बारे उप प्रधान तथा गृह मन्त्री माननीय रवी लामिछानेलाई भेटी समस्याका बारेमा ज्ञापन पत्र मार्फत जानकारी दिने निणय समेत गरेको छ ।
बैठकमा निर्वतमान अध्यक्ष एवं सल्हाकार बिष्णुप्रसाद श्रेष्ठ, सल्हाकार बिष्णु प्रसाद पाण्डे लगाएतले धारणा राखेका थिए ।
Advertisement




