• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

खैरहनीमा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता


  •   बुधबार, माघ ११, २०७९ मा प्रकाशित
  • चितवन/खैरहनीमा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सुरु भएको छ । खैरहनी नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा खैरहनी नगरपालिकाभित्रका २३ वटा सामुदायिक एवंम् निजि विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको आज एक कार्यक्रमकाबिच खैरहनी नगरपालिकाका नगर प्रुमख शशि कुमार खनियाँले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाँले नगरभित्र खेलकुदको प्रर्वद्धन गर्न नगरपालिकाले नगर स्तरिय खेलकुद विकास समिति गठको अन्तिम प्रक्रियामा रहेको बताए । खेलकुद विकास समितिमार्फत नगरभित्र विभिन्न खेलकुदका गतिविधि संचालन गरिने उनले बताए । बालबालिका तथा युवा वर्गलाई खेलकुदमा संलग्न गराउन सके उनीहरु कुलतमा फस्ने सम्भावना समेत कम हुने उनले बताए । प्रतियोगिताले शारिरिक , मानसिक र सामाजिक रुपमा स्वस्थ र क्षमतावान नागरिक बनाउन टेवा पुग्ने उपप्रमुख कविता उप्रेतीले विश्वास व्यक्त गरिन् । उनले सफल जिवनको लागि पाठ्यपुस्तक ज्ञानले मात्रै नहुने भएकोले विद्यार्थीमा भएको क्षमता देखाउने अवसरको रुपमा प्रतियोगिता रहेको बताइन् ।

    Advertisement

    प्रतियोगिता संचालनको लागि जिल्ला खेलकुद विकास समितिसँग समन्वय गरिएको खैरहनी नगरपालिकाका  सामाजिक विकास समिति संयोजक रोहिणी प्रसाद उप्रेतीले जानकारी दिए । प्रतियोगितामा लामा तथा छोटो दुरीको दौड,कबड्डी ,भलिबल ,सर्ट पुट लगायतको खेल हुुने खैरहनी नगरपालिकाका खैरहनी नगरपालिकाका सामाजिक विकास समिति संयोजक रोहिणी प्रसाद उप्रेतीले बताए। आज भएको मार्च पासमा सैनिक महाविद्यालयका विद्यार्थीको समूहले उत्कृष्ट प्रदर्शन गरेका थिए । उत्कृष्ट प्रदर्शन गरेको महाविद्यालयलाई ट्रफी प्रदान गरिएको खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी राजु वानियाँले जानकारी दिए ।

    पहिलो दिन आज भएको छात्र र छात्रातर्फको पन्ध्र सय मिटर दौड , १०० मिटर दौड र सर्ट पुटको अन्तिम खेलमा  सैनिक आवसिय महाविद्यालय र माध्यमिक विद्यालय गवैले दुई दुई वटा स्वर्ण पदक जितेको छन् भने खैरहनी मा वि र ग्लो साइन एकेडेमीले एक एक वटा स्वर्ण पदक जितेको छ । जनजिवन मा वि र ग्लो साइन एकेडेमीले दुई दुईवटा ,सैनिक महाविद्यालय र खैरहनी मा विले एक एकवटा रजत पदक जितेको छ । कठार मा विले दुईवटा ,जनजिवन, कपिया, खैरहनी मा वि र ग्लो साइन एकेडेमीले एक एकवटा कास्य पदक जित्न सफल भएको खैरहनी नगरपालिकाका रोजगार संयोजक रमेश पौडेलले जानकारी दिए । प्रतियोगितामा सर्वाधिक स्वर्ण पदक प्राप्त गर्ने विद्यालयले एक बर्षको लागि राष्ट्रपति रनिङ्ग सिल्ड प्राप्त गर्ने छ ।

    बुधबार, माघ ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.