चितवन/रोटरी क्लब अफ नारायणी मिड टाउनको आयोजनामा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको कालिका माध्यमिक विद्यालयमा कक्षा ७, ८, ९ र १० मा अध्ययनरत ९० जना गरिब तथा जेहेन्दार बिधार्थीहरुलाई कपडा वितरण गरिएको हो। न्यानो कपडा वितरण कार्यक्रम देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
.jpg)
थापाले रोटरी क्लब अफ नारायणी मिड टाउनले गरेको यो कार्यक्रम अत्यन्त फलदायी भएको बताउदै नानी बाबुहरुलाई न्यानो होस भनी कपडा बितरण गरिएको प्रती खुसी ब्यक्त गर्नुभयो। उहाले कार्यक्रमबाट बालबालिकाहरुलाई प्रत्यक्षरुपमा फाइदा पुगेको बताउँदै विद्यार्थीहरुलाई असल मानिस बन्नका लागि मिहेनत गरेर पढ्न प्रेरित समेत गर्नुभयो। रोटरी क्लब अफ नारायणी मिट टाउनकी अध्यक्ष श्वेता उपाध्यायले रोटरीले विभिन्न कार्यक्रम गरेको अवगत गराउदै कालिकामा न्यानो कपडा बितरण आवस्यक भएको महसुस गरेर आफुहरुले यस कार्यक्रम गरेको जानकारी दिनुभयो। कालिका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक लालमणि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा देवघाट ५ का वार्ड अध्यक्ष पुर्ण बहादुर भुजेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. ई. सुरेन्द्रप्रसाद श्रेष्ठ, समाजसेवी ब्यक्तित्व डाक्टर केशव राज भुर्तेल , रोटरी क्लबका पूर्व अध्यक्ष रबिन्द्र बज्राचार्य, सचिब दिपेश श्रेष्ठ , गोपाल भण्डारी लगायतको उपस्थित रहेको थियो ।




