गोरखा/शहीद लखन गाउँपालिकाकाले पालिका भित्रका ३ वटा वडालाई भैसीको पकेट क्षेत्रको बिकास गर्ने भएको छ । संघिय सरकारको आर्थिक सहयोगमा शहीद लखन गाउँपालिकाले पालिका भित्रका वडा नम्बर ३ मनकामना तथा ७ र ८ बुङकोटलाई भैसी पकेट क्षेत्रको रुपमा बिकास गर्न लागेको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिनुभयो । संघिय सरकारबाट गाउँपालिकामा भैसी पकेट क्षेत्रका लागि कार्यक्रम बिनियोजित भएपछि गाउँपालिकाले साविकको बुङकोट गा।वि।स र मनकामना गा विसलाई भैसीको पकेट क्षेत्रको रुपमा बिकास गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
भैसी पकेट कार्यक्रम सञ्चालनका लागि वडा नम्बर ७ र ८ का लागि संघिय सरकारको कार्यक्रमबाट १२ लाख रुपैया बजेट बिनियोजन भएको उपाध्यक्ष तिवारीले जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर ३ मनकामनाका लागि ५ लाख रुपैया बजेट बिनियोजन भएको उहाँको भएको छ । ‘पकेट क्षेत्रमा उपभोक्ता समिति मार्फत ५० प्रतिसत अनुदानमा भैसी बितरण गर्ने कार्यक्रम रहेको छ, उपाध्यक्ष तिवारीले भन्नुभयो, ‘मासु र दुग्ध उत्पादनमा बृद्धि गर्नका लागि यस क्षेत्रलाई भैसीको पकेट क्षेत्रको रुपमा बिकास गर्न लागिएको हो ।
’ पकेट क्षेत्र निर्माणका लागि वडा नम्बर मा ७ र ८मा सदस्सीय उपभोक्ता समिति समेत गठन गरिएको छ । वडा नम्बर ७ मा पकेट क्षेत्र कार्यक्रम सञ्चालनका लागि चन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको उहाँले बताउनुभयो । समितिको सचिवमा रविना थापा, कोषाध्यक्षमा विपना थापा, र सदस्यहरुमा सम्झना श्रेष्ठ, दुर्गा तिवारी, दुर्गा गरन्जा र गणेशप्रसाद श्रेष्ठलाई चयन गरिएको अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।
त्यस्तै अनुगमनका लागि समेत ३ सदस्सीय समिति गठन गरेको उहाँको भनाई छ । भैसी पकेट क्षेत्र कार्यक्रमको अनुगमनका लागि ओमबहादुर बाँनियाको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको हो । अनुगमन समितिको सदस्यहरुमा राजेन्द्र श्रेष्ठ र मिरा श्रेष्ठलाई चयन गरिएको उहाँले बताउनुभयो ।




