काठमाण्डौं/काठमाण्डौ तीनकुनेमा पेसागत अभिकर्ता संघ नेपालका केन्द्रीय अध्यक्ष नन्द प्रसाद तिवारीको प्रमुख आतिथ्यमा पेसागत अभिकर्ता संघ नेपाल विमक समिति युनियन लाईफ इन्स्योरन्स कम्पनी लिमिटेडको दोस्रो अधिवेशन समापन गरियो । कार्यक्रमको अध्यक्षता संघका केन्द्रीय सदस्य दामोदर गौतमले गर्नु भयो।

बन्द सत्र बाट व्यापक छ्लफल गरी सर्वसम्मत ू पेशागत अभिकर्ता संघ नेपाल विमक समिति युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटड को केन्दीय कमिटी चयन गरियो। जसको अध्यक्षमा विमल ढकाल, बरिष्ठ उपाध्यक्षमा निरज कुमार भट्ट, उपाध्यक्षमाअम्बिका गौतम, सचिवमा सुमन भुजेल, सहसचिवमा इन्द्र बहादुर विक, कोषाध्यक्षमा विमला सुवेदी, सदस्यहरुमा माधव राज अधिकारी, अरुण बहादुर रानाभाट, रेशम गौतम, भीम बास्कोटा, सूर्य के सी, सजना पौडेल, युवराज पौडेल, सञ्जीव खनाल, कमल सापकोटा, सन्तोष दाहाल र मनोनित कार्यसमिति सदस्यमा वसन्त कुमार शाह, रबिन थापा मगर, नानी मायाँ सापकोटा र सल्लाहाकारहरुमा झबिन्द्र प्रसाद मरासिनी, कृष्ण नेपाल गरी तीन जना सदस्य मनोनित सहित १९ जना को कार्यसमिति चयन गरी आधिकारिक र वैधानिक स्थाइ पेसागत अभिकर्ता संघ युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमटेड को ट्रेड युनियन गठन भएको छ।





