• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

राष्ट्रिय खुल्ला कविता प्रतियोगितामा धरानका विश्वकर्मा पहिलो 

"स्लो साइकल रेसमा थापा पहिलो  "

  •   सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
  • चितवन ः उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०७९ मा धरानका तीर्थराज विश्वकर्मा पहिलो भएका छन् । १४औँ चितवन महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा देशभरबाट कविता स्रष्टाहरुलाई भाग लिन आह्वान गरिएको थियो ।
    देशभरबाट प्राप्त ८७ वटा कवितामध्ये उत्कृष्ट १२ कवितालाई छनौट गरेर आज सोमबार स्रस्टाबाटै कविता वाचन गराएर प्रतिस्पर्धा गरिएको थियो । छनौटमा परेका ११ जना स्रष्टालाई पछि पार्दै धरानका विश्वकर्माले २५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे । सो प्रतियोगितामा विश्वकर्माले ‘एक भेट भरियासँग’ शीर्षकको कविता वाचन गरेका थिए ।
    प्रतियोगितामा बाराका स्रस्टा अभिषेक ओझा दोस्रो भएका छन् । ओझाले वाचन गरेको ‘वृद्धाश्रमबाट आएको चिठी’ शीर्षकको कविता दोस्रो हुँदै १५ हजार रुपैयाँ पुरस्कार हात पारे । त्यसैगरी, प्रतियोगितामा कास्कीका स्रस्टा रोशन तिमिल्सिना तेस्रो भएका छन् । ‘लालामीको सूचना’ शीर्षकको कविताले तेस्रो स्थान हासिल गर्दै तिमिल्सिनाले १० हजार रुपैयाँ पुरसकार प्राप्त गरेका छन् ।
    सो प्रतियोगितामा सप्तरीकी स्रस्टा रोमा लम्साल नुरा तथा चितवनका लालकाजी श्रेष्ठले प्रोत्साहत पुरस्कार प्राप्त गरेका छन् । लम्सालको ‘पसिनाको अक्षरमा देश’ तथा श्रेष्ठको ‘विश्वास’ शीर्षकको कविताले प्रोत्साहनस्वरुप नगद पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भयो । प्रतियोगिताको निर्णयकमा समालोचक डा धनेश्वर भट्टराई, डा केशवराज चालिसे र साहित्यकार सुरेन्द्र अस्तफल रहेका थिए ।
    स्लो साइकल रेसमा थापा पहिलो 
    चितवन ः चितवन महोत्सव परिसरमा आयोजना गरिएको स्लो साइकल रेस प्रतियोगितामा राइनो स्पोर्टस् एकेडेकमीका प्रमित थापा पहिलो भएका छन् । १४औँ चितवन महोत्सवको अवसरमा सोमबार बिहान महोत्सव स्थलमा आयोजना गरिएको स्लो साइकल रेस प्रतियोगितामा पहिलो हुँदै थापाले पुरस्कारस्वरुप माउन्टेन बाइक हात पारेका छन् ।
    त्यसैगरी प्रतियोगितामा रौनक पौडेल दोस्रो भएका छन् । उनले लेडिज साइकल पुरस्कार प्राप्त गरेका चितवन महोत्सवका खेलकुद संयोजक रुद्र सुवेदीले जानकारी दिए । प्रतियोगितामा तेस्रो हुने सुरेश रानाले नन गेयर रेन्जर निसान साइलक पुरस्कार पाएका सुवेदीले बताए ।
    त्यसैगरी, प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्दै राइनो स्पोर्टस् एकेडेमीका अजय तामाङले हङ्ग्री हन्टर जिभाओ साइकल जितेका छन् । प्रतियोगिताको संयोजक चितवन नवलपुर साइकल व्यवसायी संघले गरेको थियो । प्रतियोगितामा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल भएकाले स्वस्थ हुनका लागि साइकल चलाउनुपर्ने बताए ।
    सो कार्यक्रममा चितवन नवलपुर साइकल व्यवसायी संघका अध्यक्ष गोपाल सापकोटाले साइकलको प्रवद्र्धन र फाइदाबारे बुझाउन स्लो साइकल रेसको आयोजना गरिएको बताए । प्रतियोगितामा ६० जना प्रतियोगिताहरु सहभागी थिए । कार्यक्रम सञ्चालन गर्नुअघि आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

    Advertisement

    सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.