• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवन महोत्सव : हालसम्मकै अत्यधिक भिड 


  •   आइतबार, माघ ०१, २०७९ मा प्रकाशित
  • चितवन/ नारायणगढको नारायणी नदीकिनारमा सञ्चालित १४औँ संस्करणको चितवन महोत्सवमा हालसम्मकै सबैभन्दा बढी दर्शकको सहभागिता देखिएको छ । आज माघे सङ्क्रान्ति पर्व परेका कारण महोत्सवमा सबैभन्दा बढी भिड भएको आयोजक संस्था उद्योग वाणिज्य संघ चितवनले जनाएको छ ।
    महोत्सव टिकट व्यवस्थापन समिति संयोजक राजन पियाकाअनुसार आजमात्रै करिब ७० हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । “यस संस्करणको चितवन महोत्सवमा आज सबैभन्दा बढी भिड देखियो” पियाले भने, “महोत्सव अवलोकनकर्ताको चाप धेरै भएपछि आज हामीले टिकट काट्ने ठाउँ र प्रवेशस्थल समेत थप गर्नुप¥यो ।” महोत्सव प्रवेशका लागि सात स्थानबाट टिकट वितरण गरिएको उल्लेख गर्दै पियाले एक नम्बर गेटका सबै ढोकासँगै गेट नम्बर २ र गेट नम्बर ३ बाट समेत अवलोकनकर्तालाई महोत्सव प्रवेशको व्यवस्था गरिएको जानकारी दिए ।
    महोत्सवमा आज बिहानैदेखि अत्यधिक भिड रहेको उनको भनाइ छ । चोसो मौसमको प्रवाह नगरी महोत्सवमा अत्यधिक अवलोकनकर्ताहरु सहभागी भएपछि आफूहरु उत्साहित भएको पियाको भनाइ छ । भोलि सोमबार पनि बजारहरु बन्द रहने भएकाले महोत्सवमा दर्शकको भिड धेरै हुने आयोजकको अपेक्षा रहेको छ ।
    राष्ट्रिय दोहोरी प्रतियोगितामा रुपन्देही पहिलो
    चितवन महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत सञ्चालन भएको राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देही पहिलो भएको छ । पहिलो भएको रुपन्देहीले ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको महोत्सवका सांस्कृतिक संयोजक नारायण प्रधानले जानकारी दिए । सो प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा दोस्रो भएको छ ।
    संयोजक प्रधानकाअनुसार दोस्रो भएको गोरखाले ६० हजार रुपैयाँ पुरस्कार पाएको छ । पुस २८ गतेदेखि सुरु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगितामा विभिन्न आठ जिल्लाका कलाकारहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा पहिलो र दोस्रो हुने कलाकारहरुलाई आज नै पुरस्कार वितरण गरिएको प्रधानले जानकारी दिए ।
    महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आज हास्य प्रहसन तथा नृत्य प्रस्तुत भएको प्रधानको भनाइ छ । प्रधानकाअनुसार हास्य कलाकारहरु राजु मास्टर, बल्छी ध्रुवे, मास्टरनी, रजनी गुरुङ –मङ्गली)लगायतका कलाकारले प्रस्तुती राखेका थिए । त्यस्तै, विभिन्न संघसंस्थाले जातजातिको मौलिक नृत्यसँगै आधुनिक गीत तथा नृत्य प्रस्तुत गरेका प्रधानले बताए ।
    भोलि स्लो साइकल रेस हुने
    चितवन महोत्सव स्थलमा भोलि स्लो साइकल रेस प्रतियोगिता हुने भएको छ । साइकल व्यवसायी संघ चितवनको संयोजनमा प्रतियोगिता हुन लागेको हो । महोत्सवको खेल संयोजक रुद्र सुवेदीकाअनुसार भोलि बिहान ९ः३० बजे स्लो साइकल रेस प्रतियोगिता हुने छ ।
    प्रतियोगितामा विजेता हुने प्रतियोगीहरुलाई आकर्षक पुरस्कार प्रदान गरिने सुवेदीले जाकारी दिए । साइकलको महत्व झलकाउन तथा साइकलको प्रवद्र्धनका लागि स्लो साइकल रेस आयोजना गरिएको सुवेदीले जानकारी दिए । चितवन महोत्सवले हरेक वर्ष स्लो साइकल रेस प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
    त्यसैगरी, सोमबार नै साहित्यिक गोष्ठी हुने भएको छ । चितवन महोत्सवकै अवसरमा भोलि बिहान ११ बजे उद्योग वाणिज्य संघ चितवन परिसरमा साहित्यिक गोष्ठी आयोजना गरिएको महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले जानकारी दिए । ओलीकाअनुसार साहित्यिक गोष्ठीमा कविता वाचन प्रतियोगिता समेत आयोजना गरिएको छ ।
    विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सवमा यसपटक मौरी र तोरी खेतीको प्रवद्र्धन गर्नेगरी तोरीबारीमा मौरीको मस्कट राखिएको छ । महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीसहित विभिन्न सात वटा छुट्टाछुट्टै डोम राखिएको ओलीले बताए । महोत्सवमा औद्योगिक उत्पादनसँगै बाल उद्यान र रमणीय पार्कमा विभिन्न जंगली जनावरहरुसमेत राखिएको उनले बताए ।
    माघ ४ गतेसम्म सञ्चालन हुने चितवन महोत्सवमा ४५० वटा स्टल रहेकामा सबै स्टलको बीमा गरिएको ओलीको भनाइ छ । महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको छ भने बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको छ । महोत्सव स्थलको चौबीसै घण्टा सिसिटिभी क्यामेराबाट निगरानी भइरहेको ओलीले बताए ।
    महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकट व्यवस्था गरिएको ओलीले बताए । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।

    Advertisement

    आइतबार, माघ ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.