• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवन महोत्सवको गृहमन्त्री लामिछानेद्वारा अवलोकन


  •   बिहिबार, पुष २८, २०७९ मा प्रकाशित
  • चितवन/उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नारायणगढको नारायणी नदीकिनारमा सञ्चालित १४औँ संस्करणको चितवन महोत्सवको अवलोकन गरेका छन् । आज दिउँसो महोत्सवस्थल पुगेका लामिछानेले नेपाली युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको ‘मेड इन नेपाल’ एक्स्पोसँगै महोत्सवको कृषि प्रदर्शनी अवलोकन गरेका हुन् ।
    गृहमन्त्री लामिछानेले महोत्सव अवलोकनपछि सम्बोधन गर्दै युवा उद्यमीहरुको साथमा सधैँ आफू रहेको बताएका छन् । उनले केही नयाँ गर्न खोज्ने युवाहरुलाई आफूले गर्ने कामको प्रपोजल बनाएर गृहमन्त्रालयमा सम्पर्क राख्न आग्रह समेत गरे । युवाहरु विदेश पठाएर नभइ स्वदेशमा नै स्वरोजगार बनाएर देशको विकास हुने भन्दै यो सरकार नवप्रवद्र्धनमा प्रतिबद्ध भएको लामिछानेको भनाइ छ ।
    आफूले आफ्नो राजनीतिक जीवनभर नेपालमा नै उत्पादन भएका लुगा लगाउने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले नेपाली हुनुमा गौरव भएको बताए । नेपाली उद्यमीहरुलाई सबैले स्वागत र सम्मान गरेको अवस्थामा मात्रै देशमा आर्थिक क्रान्ति आउने लामिछानेको भनाइ छ । सो कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं १४औँ चितवन महोत्सवका मूल संयोजक चुननारायण श्रेष्ठले स्वेदशमा नै लगानी गर्ने वातावरण तयार गर्न र लगानी सुरक्षित हुने अवस्थाको सिर्जना गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए ।
    सेपाकताक्रोको महिला पुरूषा दुवै खेलमा नवलपुर विजयी 
    नारायणगढको नारायणी नदी किनारमा सञ्चालित खुल्ला सेपाकताक्रो प्रतियोगिताको महिला तथा पुरुष दुवै प्रतिस्पर्धामा नवलपुर विजेता बनेको छ । आज भएको फाइनल खेलमा महिलातर्फ चितवनको रामनगर माविलाई हराउँदै नवलपुर ‘ए’  विजयी भएको हो । त्यस्तै पुरुषतर्फ नवलपुर ‘बी’लाई फाइनलमा हराउँदै नवलपुर ‘ए’ विजेता बनेको हो ।
    सेपकताक्रो प्रतियोगितामा विजयी खेलाडीहरुलाई आजै पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको महोत्सवको खेलकुद संयोजक रुद्र सुवेदीले जानकारी दिए । त्यसैगरी प्रतियोगितामा महिलातर्फ नवलपुर ‘बी’ तथा पुरुषतर्फ रामनगर मावि तेस्रो भएका सुवेदीले जानकारी दिए । खेल पर्यटनलाई टेवा पु¥याउने उद्देश्य सहित १४औँ संस्करणको चितवन महोत्सवमा बुधबारदेखि सेपाकताक्रो प्रतियोगिता सुरु भएको थियो । त्यसैगरी सोही स्थानमा भोलि शुक्रबार स्लो साइकल रेस प्रतियोगिता आयोजना गरिने सुवेदीले बताए ।
    चितवनका अध्यक्ष हरिश्चन्द्र थापाले प्रतियोगितामा चितवन र नवलपुरका १० वटा टिमले सहभागिता जनाएका जानकारी दिए । प्रतियोगितामा नवलपुरबाट महिलाको दुई तथा पुरुषको तीन र चितवनबाट पनि महिला दुई र पुरुष तीन गरी १० टिमको सहभागिता रहेको थापाको भनाइ छ ।
    राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
    १४औँ संस्करणको चितवन महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा विभिन्न जिल्लाका लोक तथा दोहोरी कलाकारहरुले भाग लिएका सांस्कृतिक कार्यक्रम संयोजक नारायण प्रधानले जानकारी दिए । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा माघ १ गते हुने प्रधानको भनाइ छ ।
    आजको सांस्कृतिक कार्यक्रम तथा दोहोरी प्रतियोगितामा अतिथि कलाकारको रुपमा लोक तथा दोहोरी गायक अमर बिरही गुरुङ र गायिका राधिका हमाल सहभागी भएका प्रधानले बताए । त्यसैगरी, सांस्कृतिक कार्यक्रम अन्तर्गत नै नारायणी कला मन्दिर, आस्था कला केन्द्र, नेपाल तामाङ घुदुङ, थारु कल्याणकारिणी सभा, तमु विद्यार्थी छोँज धीं, नेपाल पुन समाजलगायतको प्रस्तुती रहेको थियो । बिहीबार नै कलाकारहरु सुरेन्द्र केसी (मुलाको साग), शिवशंकर रिजाल (जोगेन्दर पान वाला) ले हाँस्य प्रहसनका गरेका प्रधानले बताए ।
    महोत्सवमा भीड बढ्दै 
    आज बिहीबार २५ हजार भन्दा बढीले चितवन महोत्सव अवलोकन गरेका छन् । चितवन महोत्सवको टिकट व्यवस्थापन समितिका संयोजक राजन पियाले आज बेलुकीसम्म नै महोत्सवमा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको भन्दै २५ हजार भन्दा बढी टिकट बिक्री भएको जानकारी दिए । महोत्सवमा बिहानभन्दा पनि दिउँसो र साँझपख दर्शकहरुको उपस्थिति बढी देखिएको पियाको भनाइ छ ।
    महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले पुस ३० गते खेल पर्यटन सम्बन्धी गोष्ठी र सोही दिन बिहान साइकल ¥याली हुने जानकारी दिए । त्यस्तै, माघ २ गते साहित्यिक गोष्ठी तथा माघ ३ गते कृषि सम्बन्धि गोष्ठी हुने ओलीको भनाइ छ । विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सवमा यसपटक मौरी र तोरी खेतीको प्रवद्र्धन गर्नेगरी तोरीबारीमा मौरीको मस्कट राखिएको छ ।
    महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीसहित विभिन्न सात वटा छुट्टाछुट्टै डोम राखिएको ओलीले बताए । महोत्सवमा औद्योगिक उत्पादनसँगै बाल उद्यान र रमणीय पार्कमा विभिन्न जंगली जनावरहरुसमेत राखिएको उनले बताए । माघ ४ गतेसम्म सञ्चालन हुने चितवन महोत्सवमा ४५० वटा स्टल रहेकामा सबै स्टलको बीमा गरिएको ओलीको भनाइ छ ।
    महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको छ भने बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको छ । महोत्सव स्थलको चौबीसै घण्टा सिसिटिभी क्यामेराबाट निगरानी भइरहेको ओलीको भनाइ छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकट व्यवस्था गरिएको ओलीले बताए ।
    दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।

    Advertisement

    बिहिबार, पुष २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.