• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चौधौं चितवन महोत्सवः चितवनको उत्सव र गौरव


  •   बुधबार, पुष २७, २०७९ मा प्रकाशित
  • चितवन महोत्सव चितवन जिल्लालाई उद्योग, पर्यटन, कला, संस्कृति, शिक्षा र लगायत विविध क्षेत्रमा चिनाउने उद्देश्यले २०५३ सालदेखि आयोजना गरिदै आइएको छ । उद्योग वाणिज्य संघ चितवनले यसपटक पनि यही पुस २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सव आयोजना गर्दैछ । संघले २६ बर्ष अघिदेखि सुरु गरेको महोत्सवको परम्परामा अहिले अरु संघ संस्थापनि जोडिएका छन र चितवनमा फरक फरक तरिकाले प्रदर्शनी, महोत्सव र मेला आयोजना हुँदै आएका छन । उद्योग वाणिज्य संघ चितवन यस मानेमा बधाईको भागिदार छ कि उसले चितवनको समग्र क्षेत्रको विकास र सम्मृद्धिमा टेवा पु¥याउने उद्देश्यले चितवन महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवकै कारण चितवनको औद्योगिक, पर्यटन, कला संस्कृति, शिक्षा र स्वास्थ्य लगायतको पहिचान र सम्मृद्धिमा धेरै ठूलो योगदान पुगेको छ । त्यसो त अहिले देशका विभिन्न स्थानमा महोत्सव, प्रदर्शनी र मेला आयोजना भैरहेका छन । ती सवैको उद्देश्य करिव करिव एउटै हुने गरेको छ तर चितवन महोत्सवले भने महोत्सवको माध्यमबाट फरक सन्देश दिदै आएको छ । उद्योग वाणिज्य संघले आफ्नो मूल मन्त्र नै चितवन महोत्सवलाई चितवनको गौरव भनेको छ । संघले चितवनको सर्वाङ्गिण विकासका लागि आह्वान गर्दै त्यसबाट देशकै सम्मृद्धिमा टेवा पुग्ने कुरामा नयाँ सन्देश दिन खोजेको देखिन्छ । निश्चितरुपमा नेपालमा अहिले विकासको अभियान सुरु गर्ने समय आएको छ । देश अहिले आर्थिक संकटमा छ । व्यापार घाटा धेरै बढेको छ । आयातमा नियन्त्रण हुन नसक्दा देशमा विदेशी मुद्रा सञ्चितीको अवस्था चिन्ताजनक नै छ । मुद्रास्फिति आठ प्रतिशत भएको छ । सरकारले लिने बैदेशिक ऋणमा विगत पाँच बर्षको अवधीमा अहिले सर्वाधिक बृद्धि भएको छ । एक अर्थमा भन्ने हो भने देश आर्थिक रुपमा जर्जर हुने अवस्थामा पुगेको छ । यस्तो बेलामा पनि उद्योग वाणिज्य संघ चितवनले चितवन महोत्सव आयोजना गर्दैछ । यसबाट चितवनको मात्र नभै देशकै औद्योगिक जागरणमा ठूलो टेवा पुग्ने विश्वास गर्न सकिन्छ । निश्चितरुपमा नीजि क्षेत्रले अहिले देशको अवस्था माथि उठाउन महत्वपूर्ण सहयोग पु¥याएका छन । चितवनसंगै बुटवल, भैरहवामा समेत महोत्सव र प्रदर्शनी आयोजना भएका छन । यसमा सरकार भन्दापनि नीजि क्षेत्रको नेतृत्व र अग्रसरता बढी छ । चितवनमा हुन लागेको महोत्सवले चितवनको संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुग्नेछ । त्यसमाथि चितवनाको उद्योग, पर्यटन, लगायत शिक्षा र स्वास्थ्यको क्षेत्रमा जागरण पैदा गर्नेछ । चितवन महोत्सवले देशको आर्थिक अवस्था कमजोर भैरहेको बेला लगानी बृद्धि गर्न समेत टेवा पु¥याउने र वातावरण सिर्जना गर्नेछ । एउटा अहिले नेपाल उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्सले समेत लगानीकै मुद्दालाई जोडतोडले उठाईरहेका छन । यद्यपि जुनरुपमा लगानीका लागि आह्वान गरिएको छ सो अनुसारको नेपालको बाताबरणमा लगानीका लागि विदेशीहरु आकर्षित हुन सकिरहेका छैनन । आखिर लगानीको लागि यति प्रयास गर्दापनि नेपालमा लगानी किन आकर्षित नभएको होला ? सोचनीय विषय वनेको छ ।
    नेपालको नीजि क्षेत्र त्यसमा पनि उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले देशको औद्योगिक विकास तथा प्रवद्र्धनका लागि अहिले आफ्नो भूमिकालाई सकृय वनाएको छ । त्यसबाट उद्योगी व्यवसायीहरुले नयाँ नयाँ औद्योगिक संभावनाहरुको पहिचान गर्न र उद्योग स्थापना गर्न थप बल र बाताबरण पाएका छन भने अर्कोतर्फ देशका लागि त्यही माध्यमबाट सम्मृद्धिको यात्रा अघि बढाउन भूमिका प्राप्त भएको छ । नीजि क्षेत्र नै हो जसले नेपालको आर्थिक विकास र उन्नयनको यात्रामा सरकारलाई ठूलो योगदान दिएको छ । त्यो चाहे कर तिरेर होस वा औद्योगिक माहौल सिर्जना गरेर देशलाई उत्पादनमा आत्मनिर्भर वनाउन टेवा पु¥याउने प्रमुख आधार निर्माण गरेर नै होस । दुर्भाग्य नीजि क्षेत्रले गरिरहेको यो प्रयासको सरकारबाट प्रोत्साहन, उर्जा र वातावरण नपाउँदा देशको औद्योगिक विकास भनेजसरी विकासको गतिमा अघि बढ्न सकिरहेको छैन ।
    चितवन महोत्सव मुलुकको सम्मृद्धिको आधार निर्माण गर्न फलदायी हुने कुरामा शंका गरिरहनु पर्दैन । महोत्सवले आर्थिक गतिविधि बढाउन मद्दत गरिरहेका छन । देशैभरी हुने मेला र महोत्सवले औद्योगिक जागरण र सन्देश दिने गरेका छन । मेलाकै समयमा आयोजना हुने विविध प्रकारका कार्यक्रम र जागरणमूलक अभियानले औद्योगिक चेतना अभिबृद्धिमा जोड दिने गरेका छन । त्यो भनेको केही गर्न चाहनेहरुलाई मेला र महोत्सव निश्चितरुपमा उर्जाको श्रोत हो । मेला र महोत्सवको बाताबरण र त्यहाँ प्रदर्शित हुने औद्योगिक उत्पादनले नेपालमै लगानी गर्न चाहने र पैसा भएरपनि केही गर्न नसकिरहेकाहरुका लागि एउटा औद्योगिक वातावरणको आधार सिर्जना गर्छ भन्नु अन्यथा नहोला । अर्कोतर्फ चितवन महोत्सव आयोजकहरुको उद्देश्य र विशेषता नै यस्तो छ जसले जागरण सिर्जना गराउन मद्दत गर्दछ । औद्योगिक बाताबरण तयार गर्न थप हौसला प्रदान गर्छ । चितवनको समग्र क्षेत्रको सम्मृद्धिमा टेवा पु¥याउँछ । अर्कोतर्फ महोत्सवले चितवनको कला संस्कृति, उद्योग तथा व्यापार, पर्यटन प्रवद्र्धनको प्रचार प्रसार गर्ने, स्थानीय स्तरमा नयाँ पर्यटकीय गन्तब्यको पहिचान तथा प्रवद्र्धन गर्ने, पर्यटन क्षेत्रमा रहेको अपार संभावनाहरुको उजागर गरी पर्यटन उद्योगको प्रवद्र्धन गर्ने, उत्पादक र उपभोक्ताबीच स्वदेशी उत्पादनको पहिचान, प्रचार प्रसार तथा उपभोक्ताको चाहना अभिबृद्धि गरी किनमेलमा प्रोत्साहन गर्ने, उद्योगी व्यापारी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्कको विस्तार गरी उत्पादन एवं सेवाहरुप्रति उपभोक्ताको चाहना बारे जानकारी लिने, उपभोक्तालाई स्वदेशी उत्पादनप्रति आकर्षित गरी निर्यात प्रवद्र्धनमा टेवा पु¥याउन ठोस दिशा निर्धारण गर्नेछ भन्ने विश्वास गरिएको छ । महोत्सवका उपरोक्त विशेषता र उद्देश्यहरु बुझेमात्र पनि काफी छन– नीजि क्षेत्रले आयोजना गर्ने यस्ता महोत्सवहरुले दिने सन्देशको सार्थकता र त्यसले दिर्घकालसम्म पु¥याउने प्रभाव । अर्कोतर्फ यो महात्सवले केवल उद्योग र उत्पादनको प्रवद्र्धनमात्र गर्ने नभै चितवनको पर्यटन क्षेत्रको विकासका लागि आधार पनि तयार गरिरहेको छ भन्दा अत्युक्ति हुँदैन । चितवनको समग्र सम्मृद्धि हासिल गर्न र प्रवद्र्धन गर्न पनि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । महोत्सव अवलोकन गर्न आउने हजारौं दर्शकलाई चितवनको समग्र वस्तुस्थितिका विषयमा जानकारी दिन सकिएपनि यसले पर्यटन क्षेत्रको प्रवद्र्धनमा केही न केही सहयोग पुग्छ । अर्कोतर्फ महोत्सवकै अवसरमा चितवनको ऐतिहासिकता पहिचान र प्रवद्र्धन गर्ने आयोजकको भनाई छ । यसले पनि यस क्षेत्रको विकास र सम्मृद्धिमा सहयोग पुग्छ नै । महोत्सवको समग्र उद्देश्य उद्योग, पर्यटन, उत्पादन, रोजगारीको सिर्जना, उद्योग व्यवसायको प्रवद्र्धन, नयाँ नयाँ लगानीको खोजी, ऐतिहासिक क्षेत्रको पहिचान र तिनको विकासमा टेवा, उद्यमशीलताको विकास लगायतका नारा नै यसको सफलताका कारक हुन । सिधा अर्थमा महोत्सवको सार केवल दर्शक र कारोवारमा खोजियो भने त्यो अधुरो नै हुन्छ । महोत्सवमा आउने दर्शकले नेपाली उद्योग र तिनको उत्पादनका विषयमा जानकारी लिने, चितवनको पहिचान, गौरव र आगामी दिनमा गर्न सकिने विषय उठान गर्ने र नेपाली उत्पादनबाट उत्पादित वस्तुहरुलाई नै प्रयोगमा प्राथमिकता दिए त्यसबाट ठूलो उपलव्धि हासिल हुन सक्छ । महोत्सवले दिने दिर्घकालीन प्रभाव त्यही हुनेछ जसबाट नेपालका उद्योगको सम्वद्र्धन र विकासमा सहयोग पुग्नेछ । चितवन महोत्सवमा आयोजकले केवल उद्योग र उत्पादनको मात्र कुरा गरिरहेका छैनन– तिनको बैज्ञानिक प्रवद्र्धनमा पनि सहयोग पुग्ने हिसाबले प्राथमिकता दिएका छन । जस्तो महोत्सवमा सूचना प्रविधिको विकास, हस्तकला तथा महिला उद्यमीको उत्पादनलाई प्राथमिकता, नेपाली कला संस्कृतिको प्रवद्र्धन आदि आदि । चितवन त्यसैपनि प्राकृतिक सम्पदाले भरिएको छ । चितवनको कला आफैमा चिनाउन लायक छ । चितवन महोत्सवले यिनै विषय उठाएपनि काफी छ । महोत्सवले यो विषयमा विशेष प्राथमिकता दिएकोले यसको सफलता स्वतःसिद्ध छ भन्नु अन्यथा हुँदैन । यसका आयोजकहरुले जुन विषयलाई प्राथमिकता दिएका छन त्यसबाट मुलुककै आर्थिक विकासमा योगदान पुग्ने विश्वास गरिएको छ । महोत्सवमा हुने आर्थिक कारोवारले चितवनको आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण अर्थ राख्छ भन्नु अन्यथा हुँदैन । परिवर्तित सन्दर्भमा महोत्सवमा आउने दर्शकको रोजाई र प्राथमिकतालाई आयोजकले पनि ध्यान दिनैपर्दछ । आयोजकको मूल भावना र उद्देश्यलाई पनि एकाकार गर्न सकियो भने त्यसले सफलतामा अर्को इटा थप्न सहयोग पुग्छ नै । तसर्थ चितवन महोत्सवलाई अझै विशिष्टिकृत वनाउन आयोजकको ध्यान जानैपर्दछ । त्यसैपनि चितवन महोत्सवको २६ बर्षे गौरबमय इतिहास साक्षी छ । २०५३ सालमा महोत्सव सुरु गर्दैगर्दा निश्चय पनि महोत्सव सफलताको विषयमा चुनौति थियो होला तर महोत्सव जसरी सुरु गरियो र अहिले यसको महत्व र गरिमा जसरी बृद्धि भएको छ । त्यसले चितवनको विकास र सम्मृद्धिमा सहयोग पुगेको छ । महोत्सवको सुरुवात गर्ने उद्योग वाणिज्य संघ चितवनका तत्कालीन नेतृत्वकर्ताहरु बधाईका पात्र छन । उनीहरुले सुरु गरेको महोत्सवको अभियानलाई सार्थक बनाउँदै यसलाई निरन्तरता दिन सकियो भनेमात्रै पनि चितवनको विकासमा चीरकालसम्म सहयोग पुग्नेछ ।
    अन्त्यमाः चितवन महोत्सव चितवनको गौरव हो । चितवनको इतिहास पनि हो । चितवनको सम्मृद्धिको आधार हो । जसरी र जुन उद्देश्य राखेर महोत्सवको सुरुवात गरियो त्यसको उद्देश्य हासिलमा महोत्सवलाई केन्द्रित गर्नु जरुरी छ । महोत्सवको मौलिकतालाई अझै माथि उठाउनु जरुरी छ । महोत्सवले दिने ऐतिहासिक सन्देश सार्थक बनाउनु छ । चितवन आफैमा सम्मृद्धिको दिशामा अघि बढ्दै छ । नेपालको बीच भागमा अवस्थित भएकोले मात्र होइन चितवनको आफ्नै भेषभुसा, रहनसहन, संस्कार र संस्कृतिले चितवनलाई गौरवमय वनाएकै छ । तसर्थ चितवनले मुलुकको आर्थिक विकासमा ठूलो टेवा पु¥याएको छ । चितवनको पर्यटनले देशमा मात्रै होइन अन्तर्राष्ट्रिय रुपमा चितवनको पहिचान स्थापित गर्न सहयोग पु¥याएको छ । यहाँको जाति अनुसारको भेषभुषा, संस्कृति, रहनसहन र परम्परालाई जोगाउन सकियो भने चितवन त्यसै त विविधताले सम्पन्न छ त्यसमा अझै सहयोग पुग्नेछ । चितवनको सम्मृद्धिमा अझै सहयोग पुग्नेछ । चितवन महोत्सव आफैमा विविधता हो । त्यो विविधता महोत्सवका माध्यमबाट चितवनभरीमात्र होइन देशैभरी झल्किने गरेको छ । तसर्थ चितवन महोत्सवलाई सफलरुपमा सम्पन्न बनाउने दिशामा केवल आयोजकको मात्रै भूमिका होइन आम चितवनवासीले जिम्मेवारी पूरा गर्नुपर्दछ । चितवन महोत्सवलाई चितवनवासीकै गौरव वनाउनुपर्दछ । यो महोत्सवले आर्थिक गतिविधि बढाउन मद्दत गरेको कुरामा कुनै विवाद छैन । वास्तवमा यस्तै महोत्सवका माध्यमबाट जनतासंग खर्च हुन नसकेर ‘डम्पिङ’ भएको पैसा बाहिर आउँछ । त्यसले आर्थिक तरलता बढाउन मद्दत गरेको छ । सरकारले विकास खर्च गर्न नसकिरहेको बेला नीजि क्षेत्रले गरिरहेका यस्ता गतिविधिले उत्साह सिर्जना गर्न मद्दत गरिरहेको छ । यस मानेमा चितवन महोत्सवका आयोजकहरूको उद्देश्य पूर्तिमा अझै सहयोग पुगोस् । चितवन महोत्सवलाई केवल चितवनवासीको मात्र नभै देशले नै गौरवको रूपमा लेओस् । मेला र महोत्सवहरू देशकै सम्मृद्धिको दिशामा सार्थक भैरहेको बेला चितवन महोत्सव देशले नै गौरव गर्ने लायक महोत्सव वनोस् । जसरी यसका आयोजकहरूको प्रयासले महोत्सवले २६ बर्षको यात्रा सहजरूपमा पूरा गरेको छ, आगामी दिनमा यसलाई अझै जीवन्त वनाउन जरूरी छ । आयोजक उद्योग वाणिज्य संघ चितवनले चितवन महोत्सवलाई चितवनको गौरव र गरिमामय प्रस्तुतीका रूपमा अथ्र्याएको छ । अतः आयोजकको मूल मर्म र उद्देश्य सारभूत रूपमा पूरा होस । चितवन महोत्सवलाई हामी सवैको महोत्सवको रूपमा विकास भएको हेर्न पाउँ । शुभकामना ।

    Advertisement

    (लेखक उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङका अध्यक्ष एवम् उज्यालो टाईम्स डटकमका प्रधान सम्पादक समेत हुनुहुन्छ ।)
    मो.९८५५०५५५६८, ९८४५१५५५६८
    Facebook : Raju Babu Bhatta/raju.bhatta.3950

    बुधबार, पुष २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.