चितवन/दुध उत्पादक सहकारी संस्थाको छाता संगठन चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा किशोर वगाले चयन भएका छन् । व्यवसायीक पशुपालक किसान समेत रहेका वगालेको अध्यक्षतामा संघको २३औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनले निर्वारोध १५ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा रामेश्वर वली, सचिवमा कल्याण अधिकारी, कोषाध्यक्षमा छविलाल भुषाल र सह सचिवमा शिव प्रसाद पौडेल चयन भएका छन् । यस्तै सदस्यहरुमा स्याम चन्द्र रैला, दशरथ खतिवडा, यूवराज थापा, होमनाथ सुवेदी, हरिप्रसाद अधिकारी, कृष्ण दत्त पौडेल, भरत प्रसाद ढकाल, तेज कुमारी काफ्ले, ज्ञानेन्द्र बर्तौला, कल्पना आचार्य चयन भएका छन् । संस्थाले विष्णुहरी घिमीरे संयोजक रहने गरेर नविन न्यौपाने र वलराम अधिकारी सदस्य रहने गरी ३ सदस्य लेखा समिति चयन गरेको छ ।
चितवन रत्ननगरका वगाले डेढ दशक देखि व्यवसायीक पशुपालनमा छन् । उहाँको फर्मा अहिले पनि ४५ वटा गाई छन् । अध्यक्ष वगालेले आगमि दिनमा संरक्षक संस्थाको रुपमा जिल्ला संघलाई स्थापित गर्ने बतानुभएको छ । उहाँले जिल्लामा सरकारसंग समन्वय गरेर वाच्छि संरक्षण स्रोत केन्द्र बनाएर अघि बढ्ने समेत बतानुभयो । यो कार्यबाट गाई र दूधको अवश्यक्ता परिपुर्ती हुने उहाँको विश्वास छ । वगाले यस अघि संस्थामा सचिवको रुपमा काम गनुभएको थियो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा १०९ वटा छन् । दूधमा आत्मनिर्भर जिल्ला चितवनमा दैनिक ३ लाख ५० हजार लिटर दुग्ध उत्पादन हुन्छ ।




