चितवन/लायन्स क्लब अफ भरतपुरले आमाको माया छात्राबासमा न्यानो कपडा वितरण गरेको छ।भरतपुर महानगरपालिका १२ मुनालचोक नजिकै रहेको आमाको मायाँ छात्राबासमा रहेका १४ जना बालिकाहरुलाई लायन्स क्लब अफ भरतपुरले क्लबका सदस्य चित्र बहादुर भण्डारीको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरेको हो ।
प्रमुख अतिथि डिस्ट्रिक एक्ज्युकेटीभ चिफ लायन हरी घिमिरेले छात्राहरुको उज्वल भविश्वय र शिक्षाको लागी आफनो क्लब सहित अन्य क्बलाई पनि यहि बाटोमा ल्याउने प्रतिबद्धता जनाउनु भयो । एडभाइजर लायन केशब देवकोटाले आमाको माया छात्राबासमा भएका छात्राहरुलाई मोटीभेसन दिनु भयो । उहाँले छात्राहरुलाई उच्च मनोबालका साथ अघि बढ्न आग्रह गर्नु भयो । छात्राहरुलाई अब एक्लै नभएको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष तिर्थ नेपालले लायन्स क्लबले सामाजिक कार्यहरु गर्दै आइरहेको अवस्थामा आज आमाको मायाँ छात्राबासमा सहयोग गरीएको बताउनु भयो । छात्राहरुलाई कहिल्यै पनि आत्माबल कमजोर बनाउन नहुने मानसीकता बनाउन आग्रह गर्नु भयो । मानिस भित्र भएका अन्तरनिहित क्षमतालाई प्रष्फुटनका गर्नको लागी चाहिने सामाग्रीको अभाव भएमा क्लबले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । छात्रबासकी व्यवस्थापक प्रमुख सावित्री ढकालले २०७२ सालको भुकम्पको बेलामा एउटा बच्चा लिएर छात्राबास सुरु भएको जानकारी दिनु भयो ।
सामाजिक संघ सस्थाहरु मध्ये लायन्स क्लबले सबैभन्दा धेरै सहयोग गर्दै आइरहेको बताउनु भयो । उहाँले भरतपुर माविमा अध्ययनरत आफनो छात्राहरुले उत्कृष्ट नतिजा दिन नसकेपनि सधै टपटेन भित्र पर्ने हुदा यसले आफुलाई थोरै भएपनि सन्तुष्टि प्रर्दान गर्ने गरेको बताउनु भयो ।
विशिष्ठ अतिथि संस्थापक अध्यक्ष लायन दिपक कुमार रानाले छात्राहरुको उज्वल भविश्यको कामना गर्दै आफनो तर्फ बाट पनि सहयोग हुने बताउनु भयो ।क्लस्टर चिफ लायन विनोद पन्त,अनरी एडभाइजर लायन केशब देवकोटा, जोन चियर पर्सन लायन माधव पोख्रेल,भरतपुर मुन स्टारका लायन प्रदिप अर्याल,लायन अनुजराज पन्त लगायतको उपस्थिति रहेको थियो ।




