गैँडाकोट/ सुम्निमा ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औं साधारण सभा गैँडाकोटमा सम्पन्न भएको छ । श्रीराम पार्टी प्यालेसमा भएको कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले समाजका न्यून आय भएका व्यक्तिहरूको जीवन उकास्न सहकारीले मद्दत गरेको बताउनुभयो । नगरप्रमुख अधिकारीले पछिल्लो समयमा सहकारीका नाममा केही संस्थाहरुले अनियमितता गरेको आरोप लाग्दै आएको स्मरण गर्दै सहकारीमा सर्वसाधारणको पसिना रहने हुँदा संस्थाले जनताको सम्पत्तिको राम्रो र पारदर्शी तरिकाले हरहिसाब राख्न सुझाव दिनुभयो ।
आर्थिक वृद्धि गर्ने र सेयर सदस्यको जीवन उकास्ने उद्देश्यले सुरु गरिएको सुम्निमा ग्रामिण साकोस २८ वर्ष भएको संस्थाका अध्यक्ष हरिराम सापकोटाले बताउनुभयो । उहाँले सेयर सदस्यहरूको आर्थिक र सामाजिक रुपान्तरणका लागि संस्थाले स्थापना कालदेखि नै विभिन्न क्षेत्रमा सेवा सुविधा उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले आगामी दिनमा सभ्य र सम्मृद्ध समाज निर्माणका लागि सक्षम र उत्कृष्ट वित्तीय संस्थाका रूपमा सुम्निमा ग्रामिण साकोसलाई अगाडी बढाइने योजना अनुसार कार्य अगाडी बढाईने बताउनु भयो । साधारण सभामा सचिव गुरुप्रसाद सापकोटाले संस्थाको आर्थिक वर्ष २०७८/७९ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/८० को प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सचिव सापकोटाको प्रतिवेदनमा १० लाख रुपैयाँ भन्दा बढी रकम ऋण लगानी गर्दा सुचिकृत मुल्यांकनकर्ताद्वारा धितोको मुल्यांकन गराई त्यसवाट प्राप्त प्रतिवेदनका आधारमा लगानी गरिने उल्लेख छ ।
यसैगरी कोषाध्यक्ष इश्वर रिमालले संस्थाको २०७८/७९ को आर्थिक प्रतिवेदन तथा २०७९/८० को प्रस्तावित वित्तीय लक्ष्य एवं बजेट प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष रिमालको प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा कुल १५ करोड १ लाख ५९ हजार १ सय १३ रुपैयाँ कारोबार भएको उल्लेख छ ।
कार्यक्रममा संंस्थाको लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक वेदप्रसाद न्यौपानेले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सुम्निमा विकास परिषद् नेपालका अध्यक्ष श्याम सुन्दर पराजुली, संस्थाका पूर्व अध्यक्ष गोविन्द प्रसाद पौडेल, वडा नं २ का वडा अध्यक्ष प्रकाश सापकोटा, संस्थापक अध्यक्ष श्रीनिवास पौडेल, गैंडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष गणेश उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । भने कार्यक्रमको सञ्चालन सचिव गुरूप्रसाद सापकोटाले गर्नुभएको थियो ।
सुम्निमा ग्रामिण सहकारीको २८ औं साधारण सभा सम्पन्न
सुम्निमा ग्रामिण सहकारीको २८ औं साधारण सभा सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया




