• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

संकटाले जित्यो २२ औं आहारारा पोखरा गोल्डकपको उपाधि


  •   आइतबार, पुष २४, २०७९ मा प्रकाशित
  • पोखरा/आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणको उपाधि संकटा क्लबले हात परेको छ । शनिबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको फाइनल खेलमा संकटाले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । संकटाको जितमा सुरजज्यू ठकुरी, मेस्सुके ओलामाउ र सुनिल बलले गोल गरे । विदेशी टिम भुटनिज युथ स्पोर्टस क्लबका तर्फबाट रेने स्यान्टिलन र विलिस ग्रिफिटले गोल गरे । योसँगै आहारारामा दोस्रो पटक संकटाले उपाधि सुरक्षित गरेको छ । यसअघि संकटाले ०७७ को आहारारा गोल्डकपको उपाधि जितेको थियो । २ पटक फाइनल पुगेको संकटाले दुवै पटक विदेशी टिमको सामना गर्नुपरेको छ । ०७७ मा संकटाले अफ्रिकन रुट्सलाई ट्राइब्रेकरमा पराजित गरेको थियो । २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपको फाइनल खेलमा पहिलो अग्रता संकटा लिएको थियो । संकटाका खेलाडी सुरजज्यू ठकुरीले खेलको ७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

    Advertisement

    संकटाका निशान खड्काले बायाँ कर्नर नजिकबाट दिएको लामो प्रहारलाई भुटनिजका गोल रक्षक तथा कप्तानसमेत रहेका पुजन थापा मगरले मुक्का प्रहार गर्दै बचाउने प्रयासमा थिए । तर, उनको हातबाट फुत्किएको रिबाउन्ड बललाई नै पुनः प्रहार गर्दै ठकुरीले गोलपोस्टको जाली चुमाए । मेसुके ओलामाउले खेलको ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए । कर्नर किक पाएको संकटाका कप्तानसमेत रहेका सुनिल बलको प्रहारलाई ओलामाउले गोलमा परिणत गरेका थिए । तर, खुसी लामो समयसम्म टिक्न सकेन । खेलको ३७ औं मिनेटमा रेने स्यान्टिलनले भुटनिजका लागि गोल गर्दै अग्रतालाई १–० को अन्तरमा ल्याएका थिए । लगत्तै संकटाले फेरि फ्रिकिको अवसर पाएको थियो । तर, स्टेफन बिनोङको बल पोस्टभन्दा बाहिर बाहिरिन पुग्यो ।

    खेलको ४७ औं मिनेटमा भुटनिजका थोमस स्याकरको हेडर प्रहारलाई संकटाका गोलरक्षक टिकेन्द्र थापाले बचाउने प्रयासमा थिए । तर, उनको हातबाट फुत्किएको बललाई पुनः हेडरबाटै भुटनिजका विलिस ग्रिफिटले फिनिसिङ दिएका हुन् । उनको गोलसँगै पहिलो हाफमै खेल २–२ गोलको बराबरीमा फर्किएको थियो । खचाखच दर्शकको चर्को हुटिङमाझ खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । दुवै टिमले पटकपटक गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न भने चुके । निर्धारित समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । ३० मिनेट थपिएको अतिरिक्त समयको दोस्रो हाफमा संकटाका मेसुके ओलामाउ र हेक्टर ओर्टेगा एकआपसमा जुध्दा केहीबेर स्थिति तनावपूर्णसमेत बनेको थियो । जसमा संकटाका मेसुके ओलामाउ र स्टेफन बिनोङ र भुटनिजका रेने स्यान्टिलनलाई रेफ्री प्रज्वल क्षेत्रीले पहेंलो कार्ड दिए ।

    थपिएको ३० मिनेटको समयको २६ औं मिनेटमा संकटामा हालै अनुबन्ध भएका कप्तान सुनिल बलले विपक्षी पोस्टमा बल छिराउँदै जित सुनिश्चित गरेका हुन् । प्रतियोगिता विजेता संकटाले १२ लाख रुपैयाँ र उपविजेता भुटनिजले ६ लाख रुपैयाँ प्राप्त गरेका छन् । सहाराले यसै वर्षदेखि पुरस्कार राशीमा वृद्धि गरेको हो । आहारारा पोखराबाट नाम परिवर्तन गरेर ‘आहारारा पोखरा गोल्ड’ बनेको २२ औं संस्करणमा प्रथम पुरस्कारमा २ लाख र दोस्रो पुरस्कारमा एक लाख रुपैयाँ वृद्धि गरिएको हो ।

    आइतबार, पुष २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • २.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ३.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ४.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ५.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ६.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ७.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.