गैँडाकोट/नवलपुर विद्युत व्यवसायी संघको पद हस्तान्तरण एवं मित्र मिलन कार्यक्रम सम्पन्न भएको छ । विहिवार गैंडाकोटको थुम्सिमा एक कार्यक्रमको आयोजना गरि संघका नव निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरेको हो । संघका निवर्तमान अध्यक्ष पुरुषोत्तम भुसालले नवनिर्वाचित अध्यक्ष सुजन अधिकारीलाई पद हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा नेपाल विद्युतीय महासंघका अध्यक्ष सुदर्शन पौडेलले नवलपुर विद्युत व्यवसायी संघले नवलपुरका सबै विद्युत व्यवसायीहरुलाई एकै ठाउँमा भेला गराएर एक अर्काको व्यवसायिक समस्याहरु बुझ्ने प्रयास गर्न सक्षम भएको बताउनु भयो ।निवर्तमान अध्यक्ष पुरुषोतम भुसालको अध्यक्षता भएको कार्यक्रमको नवनिर्वाचित अध्यक्ष सुजन अधिकारीले समापन गर्नु भएको थियो । कार्यक्रम संयोजक एवं बरिष्ठ उपाध्यक्ष चन्द्रकान्त शर्मा (जैशी)को स्वगत मन्तव्य रहेको कार्यक्रमको संचालन संचारकर्मी राजेन्द्र पौडेलले गर्नुभएको थियो ।
नवलपुर विद्युत व्यवसायी संघको पद हस्तान्तरण
नवलपुर विद्युत व्यवसायी संघको पद हस्तान्तरण
तपाईको प्रतिक्रिया




