इच्छाकामना/ज्येष्ठ नागरिक समिति इच्छाकामनाको अध्यक्षमा विष्णु प्रसाद सापकोटा चयन हुनुभएको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सापकोटाको नेतृत्वमा १५ सदस्यीय समिति चयन गरेका हुन् ।
भेलाले उपाध्यक्षमा हर्क कुमारी गौचन,सचिवमा बलराम सिलवाल, सह–सचिवमा रामप्रसाद त्रिपाठी र कोषाध्यक्षमा जयलाल श्रेष्ठलाई चयन गरेका छन् ।
सदस्याहरुमा कृष्ण बहादुर प्रजा, मान बहादुर प्रजा,रमेश गुरुङ,गोमा घिमिरे,शिवकुमार सापकोटा,मिन बहादुर श्रेष्ठ, कृष्ण बहादुर गुरुङ,भरत सिलवाल, डोलकुमारी सिलवाल र चन्द्र बहादुर परियार चयन भएका छन् । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकरीको प्रमुख अतिथ्यतामा सम्पन कार्यक्रममा उपाध्यक्ष माया सिलवाल,प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषाल, ज्येष्ठ नागरिक संघ चितवनका कार्यवाहक अध्यक्ष माधव शर्मा घिमिरे लगायतको आतिथ्यता रहेका थिए ।
उक्त कार्यक्रममा सात वटै वडाका ज्येष्ठ नागरिक प्रतिनिधिहरुको सहभागिता रहेका थिए ।
ज्येष्ठ नागरिक समिति इच्छाकामनाको अध्यक्षमा विष्णु प्रसाद सापकोटा
ज्येष्ठ नागरिक समिति इच्छाकामनाको अध्यक्षमा विष्णु प्रसाद सापकोटा
Advertisement
तपाईको प्रतिक्रिया




