काठमाडौं/मुलुकको तेस्रो ठूलो पर्यटन गन्तव्य चितवनको सौराहामा रहेको क्याफे डे सफारीले १ सय रूपैयाँमा कफी अफर ल्याएको छ। कफी पारखीका लागि लक्ष्य गर्दै एस्प्रेसो, अमेरिकानो, लाटे र क्यापुचिनो प्रतिकप १ सय रूपैयाँमा दिने घोषणा गरेको हाे। क्याफे डे सफारीका सञ्चालक सुमन घिमिरेका अनुसार सौराहा आउने पर्यटकलाई सर्वसुलभ दरमा कफी पिउन दिने उद्देश्यले अफर ल्याइएको हाे। क्याफे डे सफारी सन् २०१५ बाट सौराहामा सञ्चालनमा आएको हो। सन् २०२८ सम्म नेपालका हरेक राष्ट्रिय निकुन्जमा क्याफे डे सफारीका फ्रेन्चाइज खोल्ने लक्ष्य घिमिरेले लिएका छन्। यो योजना २०२३ जनवरी ५ बाट २०२३ डिसेम्बर ३० सम्म लागू हुनेछ।
Advertisement




