• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

टाईम फर्मासिटिकल्सको २५ वर्ष : २५० प्रकारका औषधि उत्पादन

"वार्षिक एक अर्ब बढीको कारोबार "

  •   सोमबार, पुष १८, २०७९ मा प्रकाशित
  • नवलपुर/नवलपुरको मुकुन्दपुरमा रहेको टाईम फर्मासिटिकल्सले २४ वर्ष पूरा गरी २५ वर्षमा प्रवेश गरेको छ । आठ प्रकारका औषधि उत्पादनबाट शुरु भएको उद्योगले हाल २५० प्रकारका औषधि उत्पादन गर्दै आएको हो । बि.सं. २०५५ मंसिरमा नवलपरासीको तत्कालिन मुकुन्दपुर गाउँ विकास समिति र हालको गैंडाकोट नगरपालिका वडा नं. १० मुकुन्दपुरमा उद्योग स्थापना गरी सञ्चालनमा ल्याईएको हो । शुरुमा १६ कठ्ठा जमिनमा उद्योग स्थापना गरिएको थियो । २५ वर्षको अवधिमा उद्योगको क्षेत्रफल विस्तारा हुँदै दुई विगाहा पुगेको छ । रु.१ करोड १० लाखको लागतमा शुरु भएको यो उद्योगमा अहिले रु.५० करोडभन्दा बढीको लगानी भईसकेको छ ।
    तत्कालिन समयमा ६ जना शेयरधनी रहेको यो उद्योगमा शेयरधनी संख्या बढेको छ । नारायणगढ र काठमाण्डौंका शेयरधनी रहेको यो उद्योगमा रु. ५ लाखदेखि २ करोडसम्म लगानी गर्ने शेयरधनी रहेका छन् ।
    १० वर्षे औषधि बजारीकरणको अनुभव बटुलेर यो उद्योग स्थापनाको नेतृत्व गर्नुभएका डा.जीनारायण बहादुर क्षेत्री यो अवधिमा देशका उत्कृष्ट १० उद्योगभित्र पर्न सफल भएको बताउनुहुन्छ । उद्योगका कार्यकारी अध्यक्ष क्षेत्री शुरुवातमा ८ प्रकारका औषधि उत्पादनबाट शुरु भएको भन्दै अहिले २५० भन्दा बढी प्रकारका औषधि उत्पादन हुँदै आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “यो उद्योगले शुरुमा साईनेक्स, हाईमोक्स, प्याराफ्लाम जस्ता औषधि उत्पादन गरेको थियो । हाल उद्योगले मुटु, मधुमेह, एन्टीबायोटिक्स, मनोरोग, जनरल मेडिसिडन जस्ता औषधि उत्पादन गर्दै आएको छ ।”
    मल्हम, ट्याबलेट, क्याप्सुल, झोल, कान र आँखाका ड्रप यहाँ उत्पादन हुँदै आएका छन् । क्षेत्रीले भन्नुभयो “खोप बाहेकका सबै औषधि हामीले उत्पादन गर्दै आएका छौं ।” रुघाखोकीको साईनेक्स, दुखाई कम गर्ने प्याराफ्लाम, इन्टीबायोटिक्स हाईमोक्स, एजेटटी, मुटुको लोडिप, भिटामिन बि कम्प्लेक्स जस्ता औषधि यहाँबाट उत्पादन हुँदै आएको उहाँले जानकारी दिनुभयो । क्षेत्रीले भन्नुभयो “साईनेक्स मात्रै वार्षिक रु.१८ करोडभन्दा बढीको बिक्री हुन्छ ।”
    शुरुको वर्ष ८० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले अहिले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको छ । पाँच सात महिनाभित्रमा चीन र अफ्रिकामा औषधि निर्यातको तयारीमा रहेको क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगको भगिनी संस्थानले नेपालमै लोड सल्लोबाट क्यान्सर उपचारको औषधिको कच्चा पदार्थ र औषधि समेत बनाउँदै छ । भविष्यमा खोप सहित नयाँ नयाँ औषधि उत्पादन गर्ने योजनामा रहेको यो कम्पनीलाई देशकै अग्रणी कम्पनी बनाउने लक्ष्य लिईएको क्षेत्री बताउनुहुन्छ ।
    उहाँले भन्नुभयो “हाम्रो उत्पादन अन्तर्राष्ट्रिय रुपमा गुणस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छ ।” टाईम स्थापना हुने समयमा नेपालमा जम्मा ८ वटा औषधि उद्योग थिए । अहिले यो संख्या ९० हाराहारी पुगेको छ । विगतलाई सम्झँदै क्षेत्रीले भन्नुभयो “म काठमाण्डौंमा बस्ने मान्छे देशकै मध्यभाग पर्छ भनेर गैंडाकोट आएर उद्योग खोलेको हौं ।” उद्योगमा ३७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
    बि.सं. २०५२ बाट उद्योग बनाउन शुरु गरेर २०५५ बाट उत्पादन शुरु गरिएको उहाँको भनाई छ । शुरुवातमा उत्पादन गरिएको साईनेक्स अहिले धेरै लोकप्रिय बनेको छ । आम नागरिकले रुघाखोकी र चिसो लाग्दा साईनेक्स आफै किन्ने गर्दछन् । साईनेक्स मात्रै होइन, स्थापनाको २५ औं वर्ष प्रवेश गर्दै गर्दा कम्पनीका धेरै उत्पादन जनजिब्रोमा झुण्डिन सफल भएको क्षेत्रीको भनाई छ । उहाँले अगाडि थप्नुभयो “हाम्रा उत्पादन उत्कृष्ट भएकै कारण लोकप्रिय बनेका छन् । चिकित्सक र आम सर्वसाधारणले पूर्ण विश्वास गर्नुहुन्छ ।
    आफ्नो उद्योग मात्रै नभएर नेपालका औषधि उद्योगलाई प्रतिस्पर्धी बनाउन लागि पर्नुभएका क्षेत्री नेपाल औषधि उत्पादक संघको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । उहाँकै नेतृत्वमा दुई पटक चितवनमा नेपाल फर्मा एक्स्पो भईसकेको छ । आयातलाई प्रतिस्थापन गर्नुपर्ने भन्दै उहाँले राष्ट्रिय रुपमा लबिङ गरिरहनु भएको छ ।

    Advertisement

    सोमबार, पुष १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.