भरतपुर/चितवन उद्योग संघको आयोजनामा भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त हुनुभएकोमा संघका निवर्तमान अध्यक्ष राजु पौडेललाई बधाई एवम् शुभकामना व्यक्त गरियो ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले सामाजिक क्षेत्रमा उत्तरदायित्व वहन गर्दै सरोकार राख्ने संस्था भरतपुर अस्पताल विकास समितिको नेतृत्व गरिरहनु भएका संघका निवर्तमान अध्यक्ष राजु पौडेलको नेतृत्वले गरीब, दुःखी र असहाय बिरामीहरुको वर्षौदेखिको समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेलले पौडेलले नेतृत्व गरेका यसअघिका संघ–संस्थाहरुले पनि समाजमा उदाहरणीय छाप छोड्न सफल भएको हुँदा भरतपुर अस्पताल विकास समितिले पनि उहाँको नेतृत्वमा छुट्टै पहिचान बनाई सवल र सक्षम नेतृत्वको उदाहरणीय बन्नेमा कुनै दुबिधा नभएको बताउनुभयो ।
बधाई एवम् शुभकामना कार्यक्रममा भरतपुर अस्पताल विकास समितिको भर्खरै नियुक्त हुनुभएका अध्यक्ष पौडेलले आफू सामाजिक व्यक्तित्व भएकोले आफूले पाएको जिम्मेवारीलाई उत्साहजनक तबरले वहन गर्दै अगाडि बढ्ने बताउनुभयो ।
बधाई एवम् शुभकामना कार्यक्रममा चितवन उद्योग संघका संस्थापक अध्यक्ष दिलबहादुर ताम्राकार, चितवन उद्योग संघका पूर्व अध्यक्ष वामदेव खनाल, चितवन उद्योग संघका उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, रत्ननगर समितिका अध्यक्ष गोविन्द्रप्रसाद खनाल, इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेल, कार्यसमिति सदस्यहरु प्रतिभा श्रेष्ठ, जितबहादुर हमाल, गोपाल प्रसाद गैरे, दिनुपकुमार बराल, पुरुषोत्तम रिजाल, अमर घिमिरे, कार्यसमिति सदस्य एवम् महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती कुंवर सुवेदी, कार्यसमिति सदस्यहरु चन्दना कोइराला, विशाल चापागाई, युवा उद्यमी मञ्चका सदस्य अश्विन गोले, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको बधाई एवम् शुभकामना कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।



















Advertisement




