भरतपुर/चितवन उद्योग संघको आयोजनामा कर्णाली प्रदेश उद्योग परिसंघका पदाधिकारीहरुसँग औद्योगिक प्रर्बद्धनका विषयमा समन्वतात्मक गोष्ठी सम्पन्न भएको छ । कर्णाली प्रदेश उद्योग परिसंघका अध्यक्ष छत्र बहादुर शाहीको नेतृत्वमा चितवनको अवलोकन भ्रमणमा आईपुगेको टोलीले उद्योग स्थापना र दिगो सञ्चालन, औद्योगिक सम्भावनाहरुमा संघको भूमिका, संघको रणनीतिक योजनाको तयारी, संघ सञ्चालनका सफल अभ्यास, सरकारी तथा गैह्र सरकारी कार्यालयसँगको समन्वय तथा सहकार्यका विषयमा छलफल गरेको थियो ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । गोष्ठीमा चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले संघले तयार पारेको संघको अभियान र संरचनाका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
गोष्ठीमा कर्णाली प्रदेश उद्योग परिसंघ र चितवन उद्योग संघका उद्योगीहरुले दुई प्रदेशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै औद्योगिक प्रबद्र्धनका क्षेत्रमा सहकार्य गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए । गोष्ठीमा दुबै प्रदेशमा सञ्चालन भएका उद्योग, यसको बजारको बारेमा समेत घनिभूत छलफल भएको थियो ।

गोष्ठीमा चितवन उद्योग संघका गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेल, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष एवम् पूर्व अध्यक्ष मण्डलका अध्यक्ष राजु पौडेल, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष एवम् चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका पूर्व अध्यक्षहरु हरि प्रसाद सुवेदी, तारा प्रसाद पौडेल, चितवन उद्योग संघका उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, चितवन उद्योग संघ रत्ननगर समितिका अध्यक्ष गोविन्द्रप्रसाद खनाल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबर, कर्णाली प्रदेश उद्योग परिसंघका उपाध्यक्ष अलक बहादुर शाही, कार्यसमिति सदस्य प्रयागराज आचार्य, कार्यकारी निर्देशक हरिशरण न्यौपाने, सल्लाहकार राजेश सोनी, संघका सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।

चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
Advertisement




