• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

थारुको पहिचान र संस्कृति जोगाउनमा खिचरा महोत्सव ब्राण्डका रुपमा स्थापित


  •   बुधबार, पुष ०६, २०७९ मा प्रकाशित
  • खैरहनी/चितवनमा धेरै प्रकारका मेला तथा महोत्सव हुँदै आइरहेका छन् । महोत्सवहरुको भिडमा खिचरा महोत्सवले भने फरक पहिचान बनाउन सफल छ । थारु समुदायको संस्कृति संरक्षणका लागि महोत्सव एउटा ‘ब्राण्ड’का रुपमा स्थापित भइसकेको छ । निरन्तर ७ औं वर्षसम्म सफलता प्राप्त गरिसकेको खिचरा महोत्सवको ८ औं संस्करण यस वर्ष हुँदैछ । यस वर्ष आयोजित महोत्सवको आयोजक संस्था थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ चितवनले तयारी तीब्र पारिसकेको महोत्सवका संस्थापक एंव प्रवक्ता नारायण महतोले जानकारी दिए ।

    Advertisement

    खिचरा भनेको थारु जातिको नयाँ वर्ष हो । माघ १ गते थारु समुदायको नयाँ वर्ष सुरु हुन्छ, यसै अवसरलाई पारेर महोत्सव गर्न थालिएको हो । तर, पछिल्लो पुस्ताले नयाँ वर्ष भनेर बिर्संदै गएकोले यसलाई जीवित राख्न मेला–महोत्सवमार्फत प्रचार गर्ने प्रयास गरिएको उनको भनाइ छ ।

    महोत्सवको आगामी संस्करण यही पुस २८ देखि माघ ४ गते सम्म पूर्वी चितवनको खैरहनी नगरपालिका ५ गौचरन (जबकौली, दुर्गामन्दिर) परिसरमा हुँदैछ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति भाषा, संस्कृति नेपालको पहिचान” भन्ने मूल नाराका साथ थारुको पहिचान र संस्कृति जोगाउन हरेक वर्ष थाकस चितवन क्षेत्र नंं. ७ ले खिचरा महोत्सव आयोजना गर्दै आइरहेको छ । फरक खालको झल्को दिने गरी वर्षेनी आयोजित महोत्सव भन्दा यस महोत्सव पृथक बनाइने भन्दै महतोले महोत्सवमा करिब २ सय भन्दा धेरै स्टल रहने जानकारी दिए । महोत्सव परिसर भित्रै थारु खानाका परिकार घोङ्घी, चिचर, माछा लगाएत अन्य फुड फेष्टिबल हुने उनको भनाई छ । यस पटकको महोत्सवमा २५ जिल्लाका थारु खानाका परिकार र तिनै जिल्लाका थारु संस्कृतिलाई प्रस्तुत गरिने महतोले बताए ।

    ‘थारुको पहिचान र संस्कृति जोगाउनमा खिचरा महोत्सव ब्राण्डका रुपमा स्थापित भइसकेको छ,’ उनले भने, ‘संस्कृति संरक्षणमा यो ब्राण्डलाई हामीले महत्वपूर्ण पर्वका रुपमा लिएका छौं ।’ महोत्सवले हाम्रो समुदायको संस्कृति संरक्षण हुनुका साथै युवापुस्तालाई आफ्नो संस्कृतिको महत्व वुझाउँदै संस्कृति हस्तान्तरण र संरक्षणमा जिम्मेवार बनाउने टेवा पुग्ने हिसावले महोत्सव आयोजना गरिएको मूल समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए । महोत्सव सफल पार्न विभिन्न उपसमिति गठन गरिएको छ । समग्र चितवनलाई चिनाउन पनि महोत्सव सफल भइरहेको आयोजकको दावी छ ।

    महोत्सवमा विभिन्न समुह लगायत अन्य संस्थाहरुको भाँकी प्रदर्शन एवं प्रतियोगिता, जातजातिको सांस्कृतिक प्रदर्शनी र चितवन भन्दा बाहिरका थारु समुदायको सांस्कृतिक गतिविधिहरु प्रदर्शनी गरिनेछ । बाल उद्यान, थारु मिनीगाउँ परिसर, घोङी र पोकाको शिलामुर्ती, थारुलगायत अन्य समुदायको परम्परागत भेषभूषासहितको संस्कृति प्रर्दशन, थारु खानाका विशेष परिकारको स्टल, हस्तकलाका सामग्रीका स्टल, स्कुल स्तरिय डान्स आईडल प्रतियोगिता, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुति पनि महोत्सवको आकर्षण बन्नेछ ।

    बुधबार, पुष ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.