रत्ननगर/‘नेत्रदान, महादान’ भन्ने मूल उद्देश्यका साथ भरतपुर आँखा अस्पताल आँखा बैंकको सहकार्यमा तथा रत्ननगर नगरपालिका वडा नम्बर २ को सहयोगमा लायन्स क्लव अफ चितवन नेशनल पार्कद्वारा नेत्रदानका लागि जनचेतना जगाउनुका साथै नेत्रदानको लागि कसरी उत्प्रेरित गर्ने विषयमा अनुशीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

क्लवका अध्यक्ष लायन राजु कायस्थको अध्यक्षतामा तथा लायन्स क्लवका पुर्व डिस्ट्रीक्ट गभर्नर, नेपाल नेत्रज्योति संघ चितवनका पुर्व अध्यक्ष एवम भरतपुर आँखा अस्पताल, आँखा बैंकका संयोजक लायन प्रभात जोशिको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा भरतपुर आँखा अस्पतालकी नेत्र विशेषज्ञ डा. सृजना पराजुली, आँखा बैंकका को(अर्डिनेटर छाया श्रेष्ठ र आँखा बैंक काउन्सिलर ऋषि चापागाईंले अनुशिक्षण प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा कोभिडको समयमा मृत्यु पश्चात् आँखा दान गर्नु भएका स्व. मंगलकृष्ण श्रेष्ठका सुपुत्र लायन गोबिन्द कृष्ण श्रेष्ठलाई तिलगंगा आँखा अस्पतालबाट प्राप्त सम्मान पत्र प्रदान गरिएको थियो र लायन्स क्लव अफ चितवन नेशनल पार्कद्वारा ७४ जनाको आँखा दानको इच्छा पत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बिशेश सहभागी महिला स्वास्थ्य स्वयमसेविकाहरु तथा अन्य संघ सस्थाका सम्पुर्ण पदाधिकारी तथा प्रतिनिधिहरु प्रती हार्दिक आभार व्यक्त गर्दै आ–आफ्नो क्षेत्रमा आँखादान सम्बन्धि जनचेतना जगाउने तथा इच्छुकहरुलाइ यो अभियानमा सहभागी गराउन विशेष भुमिका निर्वाह गरिएको कार्यक्रम संयोजक लायन दिर्धायु श्रेष्ठले जानकारी दिनुभयो ।




